काठमाडौँ। नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले आफ्नो २५औँ सत्याग्रह (अनशन)अन्त्य गरेका छन् । पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा. केसीसँग सहमति गरी अनशन तोडाएका हुन् । डा केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन रहेको बताए । उनले भने, ‘यो डा. केसीको अन्तिम अनशन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छन् ।’ डा केसी र सरकारबीच भएको सहमतिमा डा. केसी, मन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा डा जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् । यस्तो छ सहमति:
सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

Read Complete Original Article
Published originally on नेपालन्युज






