धनुषामा श्रीमान–श्रीमती मृत फेला, ४ वर्षीय छोरा घाइते

जनकपुरधाम। धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान–श्रीमती मृतावस्थामा फेला परेका छन्। माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ। उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। उनका श्रीमान ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनीे घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए। मृतक दम्पतीका चार वर्षीय छोरा छन्। बालकको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरी नायब उपरीक्षक खनालले बताए। प्रहरी नायब उपरीक्षक खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताए। “घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ,” उनले भने। घटनाका कारण तथा मृत्युको परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

डिएनएको प्रतीक्षामा बित्यो दसैँ
ज्योति पन्थी बबई, कात्तिक ८ गते । गत भदौ १० गते रसुवाको बाढीमा परेर बेपत्ता भएका आफन्तको परिवारले यस वर्षको दसैँ डिएनए परीक्षणको रिपोर्ट पाउने आशामा बिताए । विभिन्न कामका लागि रसुव... ...
_jngkj3r13m_7PHWnhfPpk.jpg)
नेपाली कांग्रेसका पदाधिकारी र सदस्यको शपथ तथा प्रमाणपत्र वितरण कात्तिक १२ गते
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ । सभापति गगन थापाले... ...

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्
• म्याग्दी जिल्लामा बाढी पहिरोबाट प्रभावित स्थानमा विद्युत आपूर्ति पुनः सुरु भएको छ। • नेपाल विद्युत प्राधिकरणले क्षति पुगेका संरचनाहरू मर्मत गरेर विद्युत आपूर्ति नियमित बनाउने प्रयास गरिरहेको छ। • विद्युत आपूर्ति भएपछि ग्रामीण जनजीवनमा सुधार आएको छ। ...

आश्विन शुक्ल पूर्णिमा: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन
• आजको दिन नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानको लागि अन्तिम अवसर रहेको छ। • विजयादशमीको पूजा आराधना पछि प्रसाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ। • सडकमा चहलपहल बढेको भए पनि सवारी साधनको कमीले यात्रा सहज हुन सकेको छैन। ...


