काठमाडौं । धनुषाको ऐतिहासिक थलो रघुनाथपुरमा पहिलोपटक तिहार विशेष शुभकामना साँझ आयोजना हुने भएको छ । तिहारको अवसर पारेर कात्तिक २३ गते आयोजना हुन लागेको कार्यक्रममा चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिने भएका छन् । कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्की, चर्चित पप स्टार कमल खत्री, कार्यक्रम प्रस्तोता तथा गायिका प्राश्ना पाण्डे, गायिका प्राप्ति तुलाचन र सिङ्गिङ सुपरस्टारका टप ८ प्रतिस्पर्धी गायक राजा राजपुतले आफ्नो प्रस्तुति दिनेछन् । लक्ष्मीपूजा समितिको आयोजना तथा श्री हरिहरनाथ लक्ष्मी मन्दिर संरक्षण समितिको संयोजकत्वमा हुन लागेको उक्त कार्यक्रमलाई लिएर रघुनाथपुरका बासिन्दामा विशेष उत्साह देखिएको लक्ष्मीपूजा समितिका अध्यक्ष वीरेन्द्र महतोले बताएका छन् । सामाजिक अभियन्ता तथा समाजसेवी महेश पूर्वे सुडी कार्यक्रम संयोजक रहेका छन् भने सामाजिक अभियन्ता तथा रघुनाथपुर धनुषा काठमाडौं समाजका उमेश ज्ञानीको निरन्तर प्रयासपछि कार्यक्रम हुन लागेको बताइएको छ। वरिष्ठ गायक आनन्द कार्कीले ऐतिहासिक स्थल रघुनाथपुरमा पहिलोपटक प्रस्तुति दिन पाउँदा आफू निकै उत्साहित रहेको बताएका छन् । कार्यक्रमको सञ्चालन चर्चित कार्यक्रम प्रस्तोता विवेक खतिवडाले गर्नेछन् ।
धनुषाको रघुनाथपुरमा तिहार विशेष शुभकामना साँझ हुँदै, आनन्द कार्कीसहितका कलाकारले प्रस्तुति दिने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



.jpeg)


