Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

धनतेरससँगै सुरु भयो तिहार, कुन दिन के–के पर्व ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
धनतेरससँगै सुरु भयो तिहार, कुन दिन के–के पर्व ?
Photo / Coverage: पर्दाफास

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज धनतेरस मनाइँदै छ। यस अवसरमा नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा भित्र्याउने र पूजा गर्ने परम्परा छ। धनतेरसलाई धनसम्पत्ति र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ। यस दिन सुन, चाँदी, तामा तथा पित्तलका सामान किन्नु शुभ मानिने धार्मिक विश्वास छ। यही परम्पराअनुसार बजारमा धनतेरसका लागि सुनचाँदीका गरगहना तथा विभिन्न धातुका सामग्रीको किनमेल हुने गर्छ। धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पनि सुनचाँदीका सिक्का बिक्री गरिरहेको छ। राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयबाट बिहीबारदेखि सुरु भएको सिक्का बिक्री आज पनि जारी रहनेछ। चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइँदै छ। पण्डित नारायणप्रसाद दुलालका अनुसार आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले आज धनतेरस मनाउन लागिएको हो। आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ। त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ। आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ। यस वर्ष कात्तिक २५ गते भाइटीका परेको छ। मिथिला क्षेत्रमा धनतेरसका दिन साँझ दीपमालिका गर्ने चलनसमेत छ। यस दिन धातुका भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँलगायत सामग्री किन्ने परम्परा पनि रहेको छ। यसरी धनतेरससँगै सुरु हुने तिहारमा काग, कुकुर, गाई, गोरु र भाइपूजासहित विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि गरिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अन्तिम लडाइमा भूतपूर्व ब्रिटिश गोर्खाहरू
OthersJust now

अन्तिम लडाइमा भूतपूर्व ब्रिटिश गोर्खाहरू

भूतपूर्व गोर्खाहरूले अन्तिम दबाब स्वरुप नेपाल र बेलायत सरकारसँग छलफल जारी राख्दै आफ्ना माग पूरा नभए फेरि सशक्त आन्दोलनको चेतावनी दिएका छन् । ...

अनलाइन खबर
दिमागलाई शान्त र मुडलाई खुसी राख्न ओखर कति उपयोगी ?, अनुसन्धानले देखायो यस्तो फाइदा
OthersJust now

दिमागलाई शान्त र मुडलाई खुसी राख्न ओखर कति उपयोगी ?, अनुसन्धानले देखायो यस्तो फाइदा

दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार लगातार आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर सेवन गर्दा मुडमा सुधार देखिएको हो । फुड एन्ड फङ्सन जर्नलमा प्रकाशित अध्ययनमा २४ वर्ष औसत उमेर भएका ३१ जना स्वस्थ युवालाई सहभागी गराइएको थियो । १८ हप्तासम्म गरिएको क्लिनिकल ...

पर्दाफास
कैलालीमा होटलमा जुवातास, सञ्चालकसहित १४ जना पक्राउ
OthersJust now

कैलालीमा होटलमा जुवातास, सञ्चालकसहित १४ जना पक्राउ

२० कात्तिक, धनगढी । कैलालीमा जुवातास खेलेको आरोपमा १४ जना पक्राउ परेका छन् । बिहीबार राति गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटामा रहेको रमेश होटलमा छापा हानेको थियो । सो क्रममा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक रमेश रानासहितका १४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले… ...

अनलाइन खबर
एनपीएलमा आज दुई खेल हुँदै, को-को भिड्दैछन् ?
OthersJust now

एनपीएलमा आज दुई खेल हुँदै, को-को भिड्दैछन् ?

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्। चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हार बेहोरेको छ। पाँचौँ खेल खेल्न लागेको सुदूरपश्चिमलाई प्लेअफ यात्रालाई बलियो बनाउन आजको खेल जित्नुपर्ने दबाब ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play