Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार
Photo / Coverage: केन्द्रबिन्दु

भर्जिनिया । पत्नी ममता काफ्ले भट्टको हत्या अभियोगमा अमेरिकामा मुद्दा खेपिरहेका नरेश भट्टले उनको शव बेडरुममा फेला पारेपछि टुक्राटुक्रा पारेको बताएका छन् । बिहीबार अदालतमा बयान दिने क्रममा उनले शव टुक्र्याउन थाले पनि शारीरिक शक्ति नपुगेपछि बीचमै रोकेको बयान दिएको फक्स न्यूजले उल्लेख गरेको छ । भट्टका अनुसार सन् २०२४ जुलाई ३० को बिहान उनले ममताको शव बेडरुमको भुइँमा देखेका थिए । उनको अनुहार र भुइँमा बान्ता थियो । बान्तामा रगत, खानाका कण, औषधिका क्याप्सुल र कीरा मार्न प्रयोग गरिने कृषि रसायन सेल्फोसको संकेत रहेको भट्टले अदालतमा बताए । उनले पत्नीलाई छोएर बोलाउने प्रयास गरेको र सीपीआरसहितका जीवन बचाउने उपाय अपनाएको दाबी गरेका छन् । तर त्यसपछि शव टुक्र्याउन थालेको उनको बयान थियो । सुरुमा खुट्टालाई शरीरबाट अलग गर्ने प्रयास गरेको उनले बताए । ममताको शव बाथरुममा सारेको तर, पहिलो दिन शारीरिक शक्ति नपुगेपछि काम रोक्नुपरेको उनको भनाइ थियो । त्यसपछि बेडरुमको ढोका छेकेर छोरीलाई लिन, खाना खुवाउन र सुताउन गएको उनले अदालतमा बताए । त्यो रात आफू सुत्न नसकेको पनि उनले बताएका छन् । परिवारले पूजापाठ गर्ने कोठामा गएको हो भन्ने प्रश्नमा भने आफूलाई डर लागेकाले नगएको जवाफ दिए । ममताको शव अहिलेसम्म फेला परेको छैन । भट्टमाथि हत्या, शव लुकाएको अभियोग छ । सन् २०२४ अगस्टमा पक्राउ परेयता उनी हिरासतमा छन् । ममता युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्स थिइन् । उनी काममा उपस्थित नभएपछि प्रहरीले अनुसन्धान थालेको थियो । सुरुमा भट्टले आफूले पत्नीलाई अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए । ममताका साथी र परिवारले भने उनले शिशु छोरीलाई छाडेर नजाने भन्दै प्रहरीलाई जानकारी गराएका थिए । भट्टले अगस्ट ५ मा पत्नी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । उनले ममताले घर छाड्ने र सम्बन्धविच्छेद गर्ने कुरा गरेको दाबी गरेका थिए । अगस्ट २२ मा दम्पतीको बेडरुम र बाथरुममा रगतका दाग फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या करीब आठ लाख
Latest NewsJust now

लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या करीब आठ लाख

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । सन् २०२६ को अक्टोबरसम्म झण्डै आठ लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि अक्टोबरसम्म सात लाख ९२ हजार १८८ पर्यटक लुम्बिनी आएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ५० हजार ६१० ले बढी हो । गत वर्ष अक्टोबरसम्म ...

केन्द्रबिन्दु
एनपीएलमा आज यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
Latest NewsJust now

एनपीएलमा आज यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका रहेको हो।  सुदूरपश्चिम र कर्णालीबीचको खेल मध्याह्न १२ः३० तथा चितवन र पोखराबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्त... ...

नेपालखबर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापन थप पारदर्शी
Latest NewsJust now

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापन थप पारदर्शी

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्षको ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज […] ...

काठमाण्डुपाटी
बुबाले रोपेको बिरुवाबाट फैलियो सात सय रोपनीको स्याउ बगैँचा
Latest NewsJust now

बुबाले रोपेको बिरुवाबाट फैलियो सात सय रोपनीको स्याउ बगैँचा

मुस्ताङ (मुक्तिनाथ), कात्तिक २० गते । मुस्ताङको घरपझोङ गाउँपालिका–५,चिम्लेका कर्मा गुरूङ १३ वर्षको हुदाँ बुबा बित्नुभयो । गाउँमा स्याउ बगैँचा विस्तारका लागि पहाडमा खोपेर सिँचाइ ल्य... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play