Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा आज दुई खेल हुँदै, को-को भिड्दैछन् ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा आज दुई खेल हुँदै, को-को भिड्दैछन् ?
Photo / Coverage: पर्दाफास

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्। चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हार बेहोरेको छ। पाँचौँ खेल खेल्न लागेको सुदूरपश्चिमलाई प्लेअफ यात्रालाई बलियो बनाउन आजको खेल जित्नुपर्ने दबाब छ। यता तीन खेल खेलेको कर्णाली याक्सले एक जित र दुई हार बेहोर्दै चार अंक जोडेको छ। चौथो खेल खेल्न लागेको कर्णाली पनि जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने योजनामा हुनेछ। आजै साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँडेको छ। तीन अंकसहित तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको चितवनलाई पनि आजको खेल महत्त्वपूर्ण छ। जित निकाल्दै टोली अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ। अर्कोतर्फ पोखरा एभेन्जर्स भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघि खेलेका खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको पोखरा आज चितवनलाई हराउँदै जितको खाता खोल्ने लक्ष्यमा हुनेछ। आजका दुवै खेलले अंक तालिकाको समीकरणमा प्रभाव पार्ने भएकाले टोलीहरूका लागि जित महत्त्वपूर्ण हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, दुई घाइते
OthersJust now

ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, दुई घाइते

धनकुटा नगरपालिका-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक र दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । ...

अनलाइन खबर
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
OthersJust now

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

२० कात्तिक, काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको शर्माले बताए । भूकम्पबाट परेको प्रभावबारे भने विवरण प्राप्त हुन बाँकी छ । ...

अनलाइन खबर
अन्तिम लडाइमा भूतपूर्व ब्रिटिश गोर्खाहरू
OthersJust now

अन्तिम लडाइमा भूतपूर्व ब्रिटिश गोर्खाहरू

भूतपूर्व गोर्खाहरूले अन्तिम दबाब स्वरुप नेपाल र बेलायत सरकारसँग छलफल जारी राख्दै आफ्ना माग पूरा नभए फेरि सशक्त आन्दोलनको चेतावनी दिएका छन् । ...

अनलाइन खबर
दिमागलाई शान्त र मुडलाई खुसी राख्न ओखर कति उपयोगी ?, अनुसन्धानले देखायो यस्तो फाइदा
OthersJust now

दिमागलाई शान्त र मुडलाई खुसी राख्न ओखर कति उपयोगी ?, अनुसन्धानले देखायो यस्तो फाइदा

दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार लगातार आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर सेवन गर्दा मुडमा सुधार देखिएको हो । फुड एन्ड फङ्सन जर्नलमा प्रकाशित अध्ययनमा २४ वर्ष औसत उमेर भएका ३१ जना स्वस्थ युवालाई सहभागी गराइएको थियो । १८ हप्तासम्म गरिएको क्लिनिकल ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play