धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । विहिबार साँझ धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा दुवै सवारीसाधनमा सवार पाँच जना घाइते भएका थिए । घाइतेहरूलाई उपचारका लागि निसर्ग अस्पताल लगिएकोमा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमलाई थप उपचारका लागि गए राति मायामेट्रो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव मायामेट्रो अस्पतालमै रहेको छ भने दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य चार घाइतेको उपचार भइरहेको छ । The post धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा महिलाको मृत्यु, चार घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा महिलाको मृत्यु, चार घाइते

Read Complete Original Article
Published originally on कर्पोरट खबर





