दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ देखि

काठमाडौं – दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा आयोजना हुने भएको छ । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । आयोजक झापा महिला गोल्डकपले आइतबार खेलमैदानमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । आयोजक समितिका अध्यक्ष सन्तोष थापाका अनुसार प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित आठ टोली सहभागी हुनेछन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेना र सशस्त्र प्रहरी बलका टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, भारत, भुटान र अर्को एक विदेशी टोली, एक ए डिभिजन क्लब तथा आयोजक टोलीको सहभागिता रहने अध्यक्ष थापाले जानकारी दिए। आयोजकले कोशी प्रदेशका महिला खेलाडी छनोट गरी आफ्नो टोली तयार पार्ने जनाएको छ । प्रतियोगिताको पुरस्कार राशिमा पनि आकर्षण थपिएको छ । विजेता र उपविजेताबाहेक सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको अध्यक्ष थापाले बताए । प्रतियोगिता सञ्चालनका लागि एक करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिता लक्षित गरी दूधे रङ्गशालाको स्तरोन्नति भइरहेको छ भने दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिने आयोजकले जनाएको छ । महिला फुटबलको प्रवर्द्धन र खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितामा नेपाली विभागीय टोली, घरेलु क्लब र विदेशी टोलीबीच प्रतिस्पर्धा हुनेछ । आठ दिनसम्म चल्ने प्रतियोगिताले झापामा महिला फुटबलको माहोल बढाउने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

नेकपाको जागरण अभियान : घटेको जनमत बढाउने, सकेसम्म सदस्य थप्ने र नविकरणमा जोड दिइने
• नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीका लागि दुईमहिने जागरण अभियान सुरु गरेको छ। • अभियानमार्फत सदस्यता नवीकरण, जनसम्बन्ध सुदृढीकरण र उम्मेदवार छनोटमा जनताको अपेक्षाअनुसार जोड दिइनेछ। • महँगी, कालाबजारी र सरकारका जनविरोधी कामविरुद्ध जनतालाई जागरुक बनाउँदै आन्दोलनको तयारी गर्ने नेकपाको योजना छ। ...

डाक्टर केसीद्वारा सत्याग्रहको चेतावनी, सरकारलाई दुई दिनको अल्टिमेटम
काठमाडौं। चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले थप दुई दिनको अल्टिमेटम दिँदै आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन्। केसीले सोमबार बिहान एक प्रेस विज्ञप्ति जारी गरी सरकारलाई दुई दिनको अल्टिमेटम थप गरी माग पूरा गर्न सम्झाएका हुन्। केसीले २ कात्तिकमा विभिन्न चार बुँदे माग राख्दै पूरा गर्न सरकारलाई एक साताको समय दिएका थिए। एक साताको अवधि पूरा हुँदा आफ्ना मागबारे सरकार ...

जुवा तास खेलिरहेको अवस्थामा चार लाख नगदसहित आठ जना पक्राउ
सुनसरी । जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले... ...

हेटौँडामा कारको फल्स बटममा लुकाइएको १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ
• मकवानपुरको हेटौँडामा चेकपोइन्ट नजिकबाट १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातु बरामद गरिएको छ। • प्रहरीले कारमा सवार चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ, जसमा एक भारतीय चालक र उनका परिवारका सदस्य छन्। • बरामद गरिएको धातुको वास्तविकता पुष्टि गर्न परीक्षण भइरहेको छ। ...


