Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

दैलेख बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
दैलेख बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते
Photo / Coverage: पर्दाफास

दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार बिहान भएको बलेरो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका–७ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी उपरीक्षक श्रावणकुमार विकका अनुसार विष सेवन गरेकी सान्नीत्रिवेणी गाउँपालिका–७ की २७ वर्षीया कैसी सार्कीलाई उपचारका लागि स्थानीयले कालीकोटबाट सुर्खेत लैजाँदै गर्दा काफलतोलीमा बोलेरो दर्घना भई एकको मृत्युसहित पाँच जना घाइते भएका हुन् । कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा घाइते भएका पाँच जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा अहिले उपचार भइरहेको जानकारी दिए । सो दुर्घटनामा सान्नीत्रिवेणी गाउँपालिकाका बोलेरो जीप चालक २२ वर्षीय योगेश सिंखडा, १८ वर्षीय गङ्ग सार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकला सार्की र विष सेवन गरेकी २७ वर्षीया कैसी सार्की घाइते भएका छन् । उक्त घटनाको सम्बन्धमा अहिले थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सांस्कृतिक चेतना कमजोर हुँदा राजनीति पनि खलबलियो : ओली
OthersJust now

सांस्कृतिक चेतना कमजोर हुँदा राजनीति पनि खलबलियो : ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सांस्कृतिक तथा नैतिक चेतना कमजोर बन्दै जाँदा राजनीतिक वातावरणसमेत अस्थिर बनेको टिप्पणी गरेका छन्। सोमबार भक्तपुरमा एमाले जिल्ला कमिटीले बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा स्वार्थ तथा विध्वंसको प्रवृत्ति हाबी हुन थालेको बताएका हुन्। राजनीति ...

पर्दाफास
पटकाबाट जोगिनुहोला गर्भवती, हुन सक्छ दीर्घकालीन असर
OthersJust now

पटकाबाट जोगिनुहोला गर्भवती, हुन सक्छ दीर्घकालीन असर

प्रतिबन्धित भनिए पनि अहिले पटका यसरी पड्काउने गरिएको छ, मानौँ यहाँ ठूलै युद्ध भइरहेको छ । पटकालाई उत्सवसँग जोडेर पड्काउने कुरा कति ठीक हो ? सांस्कृतिक पाटोबाट यसको बहस फरक होला । तर, यसले गर्भवती महिला र गर्भको शिशुमा भने जोखिम निम्त्याउन सक्छ । बम विस्फोट भएजस्तो चर्को आवाज र धुवाँले गर्भवती महिला र शिशुको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play