काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले आक्रामक ब्याटिङ गरिरहेको छ। पोखराले १४.५ ओभरको खेल सकिँदा १ विकेट गुमाएर १६० रन बनाएको छ। पोखराका लागि कुशल भुर्तेलले २८ बलमा ६ छक्काको मद्दतमा ५० रन पूरा गरेका छन्। त्यस्तै, युवराज समराले ४५ बलमा १० चौका र ६ छक्कासहित अविजित १०० रन बनाएका छन्। दुवै ब्याटरले कर्णालीका बलरमाथि दबाब बनाइरहेका छन्। कर्णालीका लागि सोमपाल कामीले १ विकेट लिएका छन्।
६ छक्का प्रहार गर्दै कुशलले पूरा गरे अर्धशतक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






