Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
Photo / Coverage: नेपालन्युज

नुवाकोट।नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा तीन जनाको ज्यान गएको हो। प्रहरीका अनुसार आज बिहान करिब १०ः५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ तथा विदुर नगरपालिका–१३ का ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको हो। तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जताततै पाइन्छन् अवैध पटका, रातभर निदाउन सक्दैनन उपत्यकाबासी
Latest NewsJust now

जताततै पाइन्छन् अवैध पटका, रातभर निदाउन सक्दैनन उपत्यकाबासी

काठमाडौँ । दीपावलीको अवसरमा पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकले ज्यान गुमाएका छन् । सोमबार पकाहा मैनपुर गाउँपालिका–२ मधुबनी घर भएका मखु सहनीका पाँच वर्षीय छोराको पटका पड्काउने क्रममा जलेर... ...

रातोपाटी
आठ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग
Latest NewsJust now

आठ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग

शालिग्राम नेपालचितवन, कात्तिक २३ गते । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि अवरुद्ध मुग्लिन–मलेखु सडकखण्ड आठ घण्टापछि सञ्चा... ...

गोरखापत्र
बात बहादुर होइन, काम बहादुर बनौँ : ओली
Latest NewsJust now

बात बहादुर होइन, काम बहादुर बनौँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा बढ्दै गएको घृणा, लोभ, छलकपट र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्। उनले नागरिकलाई कुरा गर्नेभन्दा काम गर्ने र विध्वंस मच्चाउनेभन्दा निर्माणमा जुट्ने व्यक्ति बन्न आग्रह गरेका छन्। सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play