Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

देशभरबाट लागुऔषधसहित १६ जना पक्राउ, तीन विदेशी पनि प्रहरी नियन्त्रणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशभरबाट लागुऔषधसहित १६ जना पक्राउ, तीन विदेशी पनि प्रहरी नियन्त्रणमा
Photo / Coverage: पर्दाफास

नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको ठमेल, गौशाला र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन विदेशीसहित छ, कैलालीको गोदावरी नगरपालिकाबाट तीन जना पक्राउ परेका छन् । यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मिरमिरे टोलबाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ बाट एक, झापाको बिर्तामोड नगरपालिका–५ बाट एक, सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट दुई र सिन्धुलीको दुधौली नगरपालिका–१० लभडाँडाबाट एक जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट लागुऔषध कोकिन, गाँजा र खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि ट्रामाडोल र स्पास्पेन बरामद गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गगन थापाको प्रतिबद्धता- नयाँ पुस्ताले काँग्रेस भएकोमा गर्व गर्ने पार्टी बनाउँछौँ
OthersJust now

गगन थापाको प्रतिबद्धता- नयाँ पुस्ताले काँग्रेस भएकोमा गर्व गर्ने पार्टी बनाउँछौँ

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नयाँ पुस्ताले नेपाली काँग्रेसको सदस्य भएकोमा गर्व गर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् । शहीद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको प्रजातान्त्रिक सेनानी एलबी गुरुङ सम्मान तथा पुस्तक वितरण कार्यक्रममा बोल्दै सभापति थापाले काँग्रेसको ऐतिहासिक विरासत र स्थापनाकालीन मूल्यमान्यतालाई संरक्षण गर्दै पार्टीलाई नयाँ पुस्ताको आकर्षणको केन्द्र बनाउने बताएका हुन् । उनले नेपाली काँग्रेस नेपालको सबैभन्दा ...

पर्दाफास
कर प्रणाली जटिल बन्दै गएको छ, कानुन र कार्यान्वयनबीच तालमेल आवश्यक : दुर्गा ज्ञवाली
OthersJust now

कर प्रणाली जटिल बन्दै गएको छ, कानुन र कार्यान्वयनबीच तालमेल आवश्यक : दुर्गा ज्ञवाली

चार्टर्ड एकाउन्टेन्ट दुर्गा ज्ञवालीले नेपालको कर प्रणाली जटिल बन्दै गएको भन्दै करसम्बन्धी कानुन निर्माण र कार्यान्वयनबीच तालमेल आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले कर्पोरेट ट्याक्स रिपोर्टिङसम्बन्धी विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले कर आफैँमा जटिल विषय भएकाले यसको अध्ययन र अभ्यास निरन्तर आवश्यक पर्ने बताए । उनले भने, ‘ कर आफैँमा निकै जटिल विषय हो । ...

पर्दाफास
लागुऔषधसहित १६ जना पक्राउ
OthersJust now

लागुऔषधसहित १६ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । ...

अनलाइन खबर
चीनद्वारा अन्तरिक्षमा चार नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण
OthersJust now

चीनद्वारा अन्तरिक्षमा चार नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनको लङ मार्च–६सी वाहक रकेटमार्फत प्रक्षेपण गरिएका चार उपग्रहमा दुईवटा अन्तरिक्षमा आधारित क्लाउड प्रविधि प्रमाणीकरण उपग्रह तथा एयरस्याट–१२ र एयरस्याट–१३ रहेका छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement