Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

कर प्रणाली जटिल बन्दै गएको छ, कानुन र कार्यान्वयनबीच तालमेल आवश्यक : दुर्गा ज्ञवाली

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर प्रणाली जटिल बन्दै गएको छ, कानुन र कार्यान्वयनबीच तालमेल आवश्यक : दुर्गा ज्ञवाली
Photo / Coverage: पर्दाफास

चार्टर्ड एकाउन्टेन्ट दुर्गा ज्ञवालीले नेपालको कर प्रणाली जटिल बन्दै गएको भन्दै करसम्बन्धी कानुन निर्माण र कार्यान्वयनबीच तालमेल आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले कर्पोरेट ट्याक्स रिपोर्टिङसम्बन्धी विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले कर आफैँमा जटिल विषय भएकाले यसको अध्ययन र अभ्यास निरन्तर आवश्यक पर्ने बताए । उनले भने, ‘ कर आफैँमा निकै जटिल विषय हो । यसको अध्ययन र अभ्यास निरन्तर आवश्यक हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा करसम्बन्धी नयाँ–नयाँ सिद्धान्त र अभ्यास विकास भइरहेका हुन्छन् । त्यसैले नेपालले पनि अन्तर्राष्ट्रिय अभ्यासलाई आफ्नो परिवेशअनुसार आत्मसात् गर्दै कर कानुनलाई समयसापेक्ष परिमार्जन गर्नुपर्छ । कर कानुन निर्माण गर्दा त्यसको उद्देश्य र कार्यान्वयनबीच तालमेल हुन आवश्यक छ । कानुनको अस्पष्टता र कार्यान्वयनमा देखिने अन्योलले करदाता तथा निजी क्षेत्रलाई समस्या पार्न सक्छ ।’ उनले आफूले करसम्बन्धी विषयमा पाँचदेखि सात वर्ष अध्ययन गरेको र १८ वर्षदेखि व्यावसायिक अभ्यासमा रहे पनि अझै दैनिक रूपमा नयाँ कुरा सिकिरहेको उल्लेख गरे । अन्तर्राष्ट्रिय स्तरमा करसम्बन्धी नयाँ सिद्धान्त र अभ्यास विकास भइरहने भएकाले नेपालले पनि अन्तर्राष्ट्रिय अनुभवलाई आफ्नो आर्थिक तथा कानुनी परिवेशअनुसार आत्मसात् गर्नुपर्ने उनको भनाइ छ । ज्ञवालीले आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी), संयुक्त राष्ट्रसंघ र अमेरिकी कर प्रणालीका नमुनाबाट विकसित सिद्धान्त तथा अभ्यासलाई नेपालले आफ्नो आवश्यकताअनुसार कानुनमा समेट्दै आएको बताए । उनले भने, ‘कर भनेको सरकारले कानुनबमोजिम अनिवार्य रूपमा संकलन गर्ने भुक्तानी हो, जसको बदलामा करदाताले निश्चित प्रतिफल पाउने सुनिश्चितता हुँदैन ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चीनद्वारा अन्तरिक्षमा चार नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण
OthersJust now

चीनद्वारा अन्तरिक्षमा चार नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनको लङ मार्च–६सी वाहक रकेटमार्फत प्रक्षेपण गरिएका चार उपग्रहमा दुईवटा अन्तरिक्षमा आधारित क्लाउड प्रविधि प्रमाणीकरण उपग्रह तथा एयरस्याट–१२ र एयरस्याट–१३ रहेका छन्। ...

अनलाइन खबर
ओसामा बिन लादेनलाई सुडानबाट अफगानिस्तान पुर्‍याउने पाइलटको कथा
OthersJust now

ओसामा बिन लादेनलाई सुडानबाट अफगानिस्तान पुर्‍याउने पाइलटको कथा

सन् १९९६ मा सुडानबाट अफगानिस्तान ल्याइएको विमानमा अलकायदाका प्रमुख ओसामा बिन लादेन पनि सवार रहेको पाइलटको दाबी छ । तर विमान उडाउँदा उनलाई यसको कुनै जानकारी थिएन । ...

अनलाइन खबर
ज्ञानेन्द्र मल्ल यूएईको ब्याटिङ प्रशिक्षक नियुक्त
OthersJust now

ज्ञानेन्द्र मल्ल यूएईको ब्याटिङ प्रशिक्षक नियुक्त

१३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन् । यूएईले नेपालमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ क्वालिफायर प्लेअफका लागि घोषणा गरेको १५ सदस्यीय टोलीको सपोर्ट स्टाफमा मल्ललाई ब्याटिङ प्रशिक्षकका रूपमा समावेश गरेको हो । यूएईले आइतबार सार्वजनिक गरेको टोलीको मुख्य प्रशिक्षकमा अहमद राजा… ...

अनलाइन खबर
७५३ वटै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस
OthersJust now

७५३ वटै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस

नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै देशभरका ७५३ वटै पालिकामा पार्टी सङ्गठन विस्तार, नेतृत्व विकास र सम्भावित उम्मेदवार पहिचान गर्ने उद्देश्यले ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले अभियानका लागि खटिने प्रतिनिधिलाई अभिमुखीकरण गरेका छन् । उनले अभियानका क्रममा पालिकास्तरीय पार्टी सदस्यको भेला गरी १५औँ महाधिवेशनबाट पारित ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement