Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

गगन थापाको प्रतिबद्धता- नयाँ पुस्ताले काँग्रेस भएकोमा गर्व गर्ने पार्टी बनाउँछौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगन थापाको प्रतिबद्धता- नयाँ पुस्ताले काँग्रेस भएकोमा गर्व गर्ने पार्टी बनाउँछौँ
Photo / Coverage: पर्दाफास

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नयाँ पुस्ताले नेपाली काँग्रेसको सदस्य भएकोमा गर्व गर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् । शहीद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको प्रजातान्त्रिक सेनानी एलबी गुरुङ सम्मान तथा पुस्तक वितरण कार्यक्रममा बोल्दै सभापति थापाले काँग्रेसको ऐतिहासिक विरासत र स्थापनाकालीन मूल्यमान्यतालाई संरक्षण गर्दै पार्टीलाई नयाँ पुस्ताको आकर्षणको केन्द्र बनाउने बताएका हुन् । उनले नेपाली काँग्रेस नेपालको सबैभन्दा पुरानो राजनीतिक दल भएको उल्लेख गर्दै आधुनिक नेपालको इतिहास लेख्दा पार्टीको योगदानलाई अलग राख्न नसकिने बताए । पार्टीको इतिहास, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान र उपलब्धिलाई संस्थागत रूपमा संरक्षण गरिने उनको भनाइ थियो । ‘हामी पुरानो पार्टी हौँ भनेर लुकाउने होइन, गर्वका साथ भन्ने हो । नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस हो । आधुनिक नेपालको इतिहास लेख्दा नेपाली काँग्रेसबाट सुरु नगरी इतिहासका पाना अगाडि बढ्न सक्दैनन्’, उनले भने, ‘पार्टीको स्थापनाकालीन मूल्यलाई फेरि आत्मसात् गर्दै नयाँ पुस्ताका साथीहरूलाई काँग्रेस भएकोमा गौरव लाग्ने अवस्था बनाउनेछौँ । त्यो दिन फेरि ल्याएरै छाड्नेछौँ ।’ सभापति थापाले शहीद, प्रजातन्त्रका सेनानी तथा उनीहरूका परिवार पार्टीका अमूल्य सम्पत्ति भएको बताए । लोकतन्त्र र नागरिक अधिकारका लागि सानै उमेरमा जीवन बलिदान गर्नेहरूको योगदानलाई राजनीतिक स्मृतिमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो । पार्टीमा योगदान गरेका व्यक्तिको सफलतालाई पद, राजनीतिक नियुक्ति वा सत्तासँग मात्र जोडेर हेर्न नहुने उनले बताए । सांसद, मन्त्री वा प्रधानमन्त्री बनेपछि मात्रै जीवन सफल भएको मान्ने प्रवृत्तिले लामो समय पार्टीमा योगदान गरेका तर कुनै पद नपाएका नेता तथा कार्यकर्ताको योगदान ओझेलमा पर्ने उनले उल्लेख गरे । थापाले पुराना नेता तथा कार्यकर्ताको योगदान अभिलेखीकरण गर्न पार्टीले विशेष अभियान अघि बढाएको जानकारी दिए । काँग्रेसको केन्द्रीय कार्यालयलाई पार्टी स्थापनादेखि हालसम्मको राजनीतिक यात्रा, लोकतान्त्रिक आन्दोलन र ऐतिहासिक घटनाक्रमबारे जानकारी दिने स्थलका रूपमा विकास गरिने उनले बताए । पार्टी कार्यालय प्रवेश गरेर अर्को गेटबाट बाहिरिँदासम्म आगन्तुकले नेपाली काँग्रेसको इतिहास र नेपालको राजनीतिक परिवर्तनमा पार्टीले खेलेको भूमिकाबारे जानकारी पाउने गरी संरचना तयार गरिने उनको भनाइ थियो । त्यसैगरी, देशका ७५३ वटै स्थानीय तहबाट प्रजातन्त्रका सेनानीहरूको विवरण संकलन गरी राष्ट्रिय अभिलेख तयार गर्ने अभियान सुरु गरिएको उनले जानकारी दिए । संकलित विवरणलाई डिजिटल अभिलेखका रूपमा व्यवस्थित गरिने उनले बताए । सभापति थापाले शहीद परिवार, प्रजातन्त्रका सेनानी तथा द्वन्द्वपीडित परिवारलाई लक्षित गरी १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा पनि गरे । उक्त कोषबाट विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै उनले कोष स्थापनाको काम यसै वर्षदेखि सुरु गरिने जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देशभरबाट लागुऔषधसहित १६ जना पक्राउ, तीन विदेशी पनि प्रहरी नियन्त्रणमा
OthersJust now

देशभरबाट लागुऔषधसहित १६ जना पक्राउ, तीन विदेशी पनि प्रहरी नियन्त्रणमा

नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको ठमेल, गौशाला र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन विदेशीसहित छ, कैलालीको गोदावरी नगरपालिकाबाट तीन जना पक्राउ परेका छन् । यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मिरमिरे टोलबाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ बाट एक, झापाको बिर्तामोड नगरपालिका–५ बाट एक, सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट दुई र ...

पर्दाफास
कर प्रणाली जटिल बन्दै गएको छ, कानुन र कार्यान्वयनबीच तालमेल आवश्यक : दुर्गा ज्ञवाली
OthersJust now

कर प्रणाली जटिल बन्दै गएको छ, कानुन र कार्यान्वयनबीच तालमेल आवश्यक : दुर्गा ज्ञवाली

चार्टर्ड एकाउन्टेन्ट दुर्गा ज्ञवालीले नेपालको कर प्रणाली जटिल बन्दै गएको भन्दै करसम्बन्धी कानुन निर्माण र कार्यान्वयनबीच तालमेल आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले कर्पोरेट ट्याक्स रिपोर्टिङसम्बन्धी विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले कर आफैँमा जटिल विषय भएकाले यसको अध्ययन र अभ्यास निरन्तर आवश्यक पर्ने बताए । उनले भने, ‘ कर आफैँमा निकै जटिल विषय हो । ...

पर्दाफास
लागुऔषधसहित १६ जना पक्राउ
OthersJust now

लागुऔषधसहित १६ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । ...

अनलाइन खबर
चीनद्वारा अन्तरिक्षमा चार नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण
OthersJust now

चीनद्वारा अन्तरिक्षमा चार नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनको लङ मार्च–६सी वाहक रकेटमार्फत प्रक्षेपण गरिएका चार उपग्रहमा दुईवटा अन्तरिक्षमा आधारित क्लाउड प्रविधि प्रमाणीकरण उपग्रह तथा एयरस्याट–१२ र एयरस्याट–१३ रहेका छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement