Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Others/देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजनिक

देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजनिक

10/31/2026, 9:04:53 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजनिक

सुतार कार्की सेवा समितिले देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजनिक गरेको छ । समितिले शनिवार एक कार्यक्रमको आयोजना गरी वंशावलीको पुस्तक वंशार्पण गरेको हो । देशभर पाँच लाख भन्दा बढी सुतार कार्की रहेको र सकेसम्म सबैको वंशावली पुस्तकमा समेट्ने प्रयास गरिएको समितिले जनाएको छ । समितिको वंशावली तयार पार्न सुतार कार्की वंशावली संकलन, लेखन, सम्पादन तथा प्रकाशन समिति गठन गरेको थियो । सो समितिले लामो समय लगाए पुस्तक तयार पारेको जनाइएको छ । उक्त पुस्तकले सुतार कार्की वंशको इतिहास, पुर्खाको पहिचान, पारिवारिक सम्बन्ध तथा ऐतिहासिक दस्ताबेजलाई भावी पुस्तासम्म संरक्षण र हस्तान्तरण गर्ने उद्देश्य राखेको छ । वंशावली प्रकाशनले आफ्नो पुर्ख्यौली इतिहास, संस्कृति, परम्परा र वंशीय पहिचानलाई अभिलेखीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने समितिले विश्वास गरेको छ । समारोहमा सुतार कार्की परिवारका सदस्य, अग्रज, बुद्धिजीवी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला समितिका अध्यक्ष तथा प्रतिनिधिहरूलाई पुस्तक वितरण गरिएको थियो भने विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने सदस्यहरूलाई सम्मान समेत गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

रसेल चम्कँदा विराटनगरले सुदूरपश्चिमलाई हरायो
OthersJust now

रसेल चम्कँदा विराटनगरले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । आन्द्रे रसेल ब्याटिङ, बलिङ र फिल्डिङमा अलराण्ड प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको ५ ओभरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ३५ रनले पराजित गरेको छ । तीन खेल खेल्दा पहिलो जित हात पारेको विराटनगरले २ अंक जोड्दै अंकको खाता खोलेको छ । १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ ओभरमा २… ...

अनलाइन खबर
५ ओभरको खेलमा सुदूरपश्चिमलाई विराटनगरको १०६ रनको लक्ष्य
OthersJust now

५ ओभरको खेलमा सुदूरपश्चिमलाई विराटनगरको १०६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई १०६ रनको लक्ष्य दिएको छ । ...

अनलाइन खबर
जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
OthersJust now

जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलो पटक सफल आरोहण भएको छ । स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ । पहिलो आरोहणसँगै जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणका लागि पनि ...

पर्दाफास
थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए ऊर्जामन्त्री श्रेष्ठ
OthersJust now

थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए ऊर्जामन्त्री श्रेष्ठ

१४ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन–ईएससीएपी) द्वारा आयोजित ‘दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा सहभागी हुन उहाँ मङ्गलबार बैंकक गएका थिए । सम्मेलनमा मन्त्री… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play