देशभर बिहानै टीकाको चटारो, त्रिपुराकोटमा भने देवीको पूजापछि मात्रै टीका

देशभर दशैंको टीका लगाउने शुभसाइतको चटारो भइरहँदा डोल्पाको त्रिपुराकोटमा भने बाला त्रिपुरासुन्दरी मन्दिरको पूजा सम्पन्न हुने प्रतीक्षा गरिन्छ। यहाँ पञ्चाङ्गको साइतभन्दा देवीको पूजाविधि पूरा हुनुलाई टीका लगाउने मुख्य आधार मानिन्छ। परापूर्वकालदेखि चल्दै आएको परम्पराअनुसार दशमीको बिहानै स्थानीयले घरबाट टीका र जमरा लिएर मन्दिर पुग्छन्। देवीलाई टीका–जमरा चढाएर पूजाआजामा सहभागी हुन्छन्। मन्दिरको धार्मिक विधि पूरा गरी देवीलाई मूल मन्दिरमा भित्र्याएपछि मात्रै घरघरमा टीकाटालो सुरु हुने पुजारी भानुचन्द्र उपाध्यायले बताए। ‘नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ,’ उनले भने, ‘मन्दिरको पूजाविधि साँझतिर मात्रै सकिने भएकाले त्यसपछि टीका सुरु हुन्छ।’ यहाँको दशैं देवीप्रतिको आस्था र पुर्खादेखि चल्दै आएको धार्मिक मान्यतासँग जोडिएको छ। पूजाविधि पूरा नगरी टीका लगाउनु हुँदैन भन्ने विश्वासका कारण स्थानीयले वर्षौँदेखि यो परम्परा निरन्तरता दिँदै आएका छन्। मन्दिरमा टीका सुरु भएपछि परिवारका सदस्य र आफन्त भेला भएर ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने गर्छन्। साँझदेखि सुरु हुने टीकाटालो कतिपय घरमा मध्यरातसम्म चल्छ। त्रिपुराकोटको यो चलन डोल्पाका अन्य क्षेत्रभन्दा फरक छ। दुनै, लिकु, पहाडा, रह, काइगाउँ, कालिका, जुफाल र माझफाललगायतका क्षेत्रमा भने ज्योतिष तथा पञ्चाङ्गले निर्धारण गरेको शुभसाइतमै दशैंको टीका लगाउने गरिन्छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बडा दसैँको टीका जारी
४ कात्तिक, काठमाडौं । विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ । बिहान १०ः२६ बजेको उत्तम साइतमा टीका सुरु भएको हो । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका… ...

रारामा ४५ करोडको आयोजना अलपत्र
निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति २० प्रतिशत मात्रै पुगेको छ भने निर्माण व्यवसायीलाई ३२ प्रतिशत भुक्तानी दिइसकिएको छ । ...

राष्ट्रपति पौडेलले शुभसाइतमा गुरुपुरोहितबाट ग्रहण गरे दशैंको टीका र जमरा
राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दशैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् । आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय ...

बडादशैंको टीका सुरु, दिनभर लगाउन साइत नचाहिने
विजया दशमीको मुख्य दिन आज बडादसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ । बिहान १०:२६ बजेको उत्तम साइतमा टीका सुरु भएको हो । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानको उक्त साइत ...


