दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी

जोहानेसबर्ग।दक्षिण अफ्रिकाका दुई सहरमा दूषित पानीका कारण ५०० भन्दा बढी व्यक्ति बिरामी परेका छन्। प्रभावितमध्ये अधिकांश चार वर्षमुनिका बालबालिका छन्। अधिकारीहरूले सुरक्षित पानी मात्र प्रयोग गर्न आग्रह गरेका छन्। राजधानी प्रिटोरियाको पूर्वी क्षेत्रमा ४०८ जना बिरामी परेपछि धाराको पानी प्रयोग नगर्न चेतावनी जारी गरिएको थियो। पानी प्रशोधन केन्द्रमा करिब तीन सातासम्म क्लोरिन प्रयोग नगरिँदा पानी असुरक्षित बनेको अधिकारीहरूले बताएका छन्। नियमित आपूर्तिकर्ताबाट क्लोरिन प्राप्त नभएको नगरपालिकाको भनाइ छ। ब्रोन्खोर्स्टस्प्रुट नदीको माथिल्लो क्षेत्रमा फोहोर पानी प्रशोधन प्रभावकारी नहुँदा नदी दूषित भएको पनि अधिकारीहरूले बताएका छन्।पानीको गुणस्तरबारे समयमै जानकारी नदिइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनापछि विभिन्न राजनीतिक दलले मेयर नासिफी मोयाको राजीनामा र जिम्मेवार अधिकारीलाई कारबाही गर्न माग गरेका छन्। यसैबीच, पूर्वी केप प्रान्तको ग्केबेरास्थित रोड्स विश्वविद्यालयका कम्तीमा १११ विद्यार्थी पनि पेट दुख्ने र पखाला लाग्ने जस्ता समस्याबाट बिरामी परेका छन्। विश्वविद्यालयले पानीको खराब गुणस्तरका कारण प्रकोप फैलिएको हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ। गम्भीर बिरामी विद्यार्थी उपचारपछि क्याम्पस फर्किएका छन्। विश्वविद्यालयले विद्यार्थी तथा कर्मचारीलाई पानी उमालेर चिस्याएपछि वा बोतलको पानी मात्र पिउन, खाना पकाउन र दाँत माझ्न सुरक्षित पानी प्रयोग गर्न तथा साबुन पानीले नियमित हात धुन आग्रह गरेको छ। –रासस /एपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

टी-२० विश्वकपमा चम्किएका शाड्ली लुम्बिनी लायन्समा
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि अमेरिकाका अनुभवी अलराउन्डर शाड्ली भान स्काल्कविकलाई टोलीमा अनुबन्ध गरेको छ। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा अमेरिकाको प्रतिनिधित्व गर्दै उत्कृष्ट बलिङ प्रदर्शन गरेका स्काल्कविकले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र अलराउन्ड क्षमतामार्फत लुम्बिनी लायन्सको टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। टी&... ...

चितवन प्रहरीद्वारा पहिलो पटक निःशुल्क बस सेवा सञ्चालन
चितवन।बडादसैंअन्तर्गत टीकाको दिन आमसर्वसाधारण जनताको हितलाई ध्यानमा राखी चितवन प्रहरीले पहिलो पटक भरतपुर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले टीकाको दिन सहज रुपमा सार्वजनिक सवारीसाधन नपाइने भएकाले नेपाल पुलिस स्कुल, शान्तिपुरका दुई वटा बस प्रयोग गरी ८४० जना यात्रुलाई निःशुल्क बस सेवा दिएको जनाएको छ। दुई वटा बसमध्ये एउटा पुल्चोकदेखि केन्द्रीय बस टर्मिनल हुँदै आँपटारी र पुनःपुल्चोक ...

परम्परागत कक्षाकोठादेखि रूपान्तरणकारी सिकाइसम्म: भारतको राष्ट्रिय शिक्षा नीति) ले कसरी शिक्षालाई पुनर्परिभाषित गर्दैछ ?
भारतको एनईपीले शैक्षिक विकासलाई कसरी पुनः आकार दिइरहेको छ ? ...

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी गर्न विदेश सचिव मिश्री नेपाल आउने
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को प्रस्तावित भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । उच्च स्रोतका अनुसार तिहारअघि नै मिश्रीको नेपाल भ्रमण गराउने तयारी भइरहेको छ । प्रधानमन्त्री शाहले २३ देखि २५ नोभेम्बरसम्म भारत भ्रमण गर्ने निश्चित भएपछि त्यसको तयारीका लागि मिश्री नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री […] ...


