Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

दूध बेचेर वर्षामा ११ लाख आम्दानी, दुई जनालाई रोजगारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
दूध बेचेर वर्षामा ११ लाख आम्दानी, दुई जनालाई रोजगारी
Photo / Coverage: केन्द्रबिन्दु

इलाम । सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महतले व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्दै दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिएका छन् । चार वर्षअघि रु ३० लाख लगानीमा ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरेका महतको फार्ममा हाल १० माउ गाई छन् । तीमध्ये पाँच दुहुना र पाँच वटा चाँडै बियाउने स्थितिमा छन् । फार्ममा १४ बाच्छी पनि हुर्किरहेका छन् । उनले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गरी प्रतिलिटर रु ५५ देखि ६० सम्ममा नजिकैको सहकारीमा बिक्री गर्दै आएका छन् । दूध बिक्रीबाट वार्षिक करिब रु ११ लाख आम्दानी हुने उनले बताए । लगानीअनुसार दूधको मूल्य कम पाएको उनको गुनासो छ । गाईपालनबाट स्वरोजगार बनेका महतले फार्ममा दुई युवालाई खानबस्न सुविधासहित मासिक रु १८ हजार तलब दिएर रोजगारी दिएका छन् । फार्म सञ्चालनका लागि ३० रोपनी जमिनमा सुपर नेपियर, अम्रिसो तथा अन्य प्रजातिका घाँस लगाएका छन् । गाईपालनसँगै उनले १०० रोपनी जग्गा भाडामा लिएर ४० रोपनीमा व्यावसायिक स्कुस र बाँकी क्षेत्रमा चियाखेतीसमेत गर्दै आएका छन् । गाईको मल आफ्नै कृषि खेतीमा प्रयोग गर्ने गरेको उनले बताए । गाउँमै बसेर विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने सन्देश दिन आफूले व्यावसायिक कृषि तथा पशुपालन रोजेको महत बताउछन् । युवालाई स्वदेशमै स्वरोजगारी गर्न प्रेरित गर्नुपर्नेमा उनको जोड छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्राथमिक उपचार पाउनै सात घण्टा हिँड्छन् टिंकरवासी
Latest NewsJust now

प्राथमिक उपचार पाउनै सात घण्टा हिँड्छन् टिंकरवासी

चार वर्षअघि बनेको सामुदायिक स्वास्थ्य संस्थाको भवन हस्तान्तरण नहुँदा टिंकरका बासिन्दा आधारभूत उपचारबाट समेत वञ्चित छन्। ...

कान्तिपुर
जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भइ अर्थमन्त्री स्वदेश फिर्ता
Latest NewsJust now

जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भइ अर्थमन्त्री स्वदेश फिर्ता

काठमाडौँ । तुर्कीएमा भैरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा करिब एक दर्जन कार्यक्रमहरुमा सहभागी भइ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४४ ओटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्त सम्बन्धि सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरुको गठवन्धन’मा नेपाललाई १०५ औं (नयाँ) सदस्यका ...

टक्सार
छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा, यस्ता छन् अन्य कार्यक्रम
Latest NewsJust now

छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा, यस्ता छन् अन्य कार्यक्रम

नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन आइतबार मधेस प्रदेश पुगेका छन्। काठमाडौँबाट थापा पत्नी अञ्जना केसीका साथ आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा पुगेका हुन्। सर्लाहीको छठघाट पुगेर छठीमाईको दर्शन तथा पूजापाठ गरेपछि उनी आइतबार राति वीरगन्ज पुग्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। सोमबार बिहान पत्नीका साथ वीरगन्ज-१० स्थित घडिअर्वा... ...

नेपालखबर
विश्वकप विजेता स्पेनसँग इंग्ल्यान्डको परीक्षा : कस्तो रहला टुचेलको रणनीति र टिमको आत्मविश्वास
Latest NewsJust now

विश्वकप विजेता स्पेनसँग इंग्ल्यान्डको परीक्षा : कस्तो रहला टुचेलको रणनीति र टिमको आत्मविश्वास

म्याड्रिड । विश्वकप विजेता स्पेनसँग आइतबार राति हुने प्रतिस्पर्धा इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेल र उनको टोलीका लागि आफ्नो प्रगति प्रमाणित गर्ने महत्त्वपूर्ण अवसर बनेको छ । विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play