दुसित थानी हिमालयन रिसोर्टलाई साटा अवार्ड

काठमाडौं । दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलले दक्षिण एसियाली पर्यटन क्षेत्रको प्रतिष्ठित सम्मान साउथ एसियन ट्राभल अवार्ड्स (साटा) २०२६ मा दोहोरो सफलता हासिल गरेको छ । रिसोर्टले ‘विवाह समारोहका लागि उत्कृष्ट होटल/रिसोर्ट’ विधामा स्वर्ण तथा ‘उत्कृष्ट लक्जरी होटल/रिसोर्ट’ विधामा रजत पुरस्कार प्राप्त गरेको हो । यही अक्टोबर ८ मा माल्दिभ्समा आयोजित पुरस्कार वितरण समारोहमा रिसोर्टका प्रबन्ध निर्देशक रमेश हमाल, महाप्रबन्धक अंकित शर्मा तथा बिक्री तथा बजारीकरण निर्देशक नीता थापाले पुरस्कार ग्रहण गर्नुभएको थियो । उक्त सम्मानले नेपालमा स्तरीय आतिथ्य सेवा, गन्तव्य विवाह समारोह तथा विलासी पर्यटनको आकर्षक केन्द्रका रूपमा रिसोर्टको बढ्दो प्रतिष्ठा थप स्थापित गरेको दुसित थानीले जनाएको छ । समुद्री सतहबाट करिब एक हजार सात सय ५० मिटर उचाइमा प्रसिद्ध नमोबुद्ध गुम्बाको नजिक अवस्थित रिसोर्टले हिमाली प्राकृतिक सौन्दर्य, थाई शैलीको आतिथ्य सेवा र विशिष्ट अनुभवको संयोजन प्रदान गर्दै आएको छ । सन् २०२६ मा रिसोर्टमा गन्तव्य विवाह, निजी समारोह तथा सम्पूर्ण रिसोर्ट बुकिङप्रति माग उल्लेखनीयरूपमा बढेको रिसोर्टले जनाएको छ । रिसोर्टका अनुसार आगामी महिनाका लागिसमेत बुकिङ तथा सोधपुछ बढ्दै गएसँगै रिसोर्टले विशेष समारोह, पारिवारिक जमघट र विशिष्ट निजी विश्रामका लागि आकर्षक गन्तव्यका रूपमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लगेको छ । विवाह तथा उत्सवका अतिरिक्त रिसोर्टले नेपालको लक्जरी वेलनेस पर्यटन प्रवर्द्धन गर्न पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । रिसोर्टस्थित ‘देवराना वेलनेस’ मार्फत् स्पा उपचार, योग, ध्यान, ध्वनि उपचार तथा प्रकृतिसँग जोडिएका गतिविधिसहित ४० भन्दा बढी विशिष्ट अनुभव उपलब्ध गराउँदै आएको छ । पुरस्कार प्राप्तिपछि रिसोर्टका प्रबन्ध निर्देशक रमेश हमालले अन्तर्राष्ट्रियस्तरमा प्राप्त पहिचानप्रति खुसी व्यक्त गर्दै पुरस्कारले नेपालको प्राकृतिक सौन्दर्य विश्वसामु प्रस्तुत गर्ने र पर्यटन उद्योगको विकासमा योगदान पुर्याउने रिसोर्टको लक्ष्यलाई थप प्रोत्साहन गरेको बताउनुभएको छ । रिसोर्टका महाप्रबन्धक अंकित शर्माले भन्नुभयो, ‘यी दुर्ई सम्मान प्राप्त गर्नु दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलका लागि गर्वको क्षण हो । पछिल्लो एक वर्षमा पाहुनाहरूको विश्वास बढ्दै गएको, गन्तव्य विवाह तथा निजी रिसोर्ट बुकिङको माग वृद्धि भएको र विशिष्ट वेलनेस अनुभवप्रति आकर्षण बढेको हामीले अनुभव गरेका छौँ ।’ नमोबुद्ध गुम्बाबाट करिब तीन किलोमिटरको दूरीमा रहेको रिसोर्टमा ७२ वटा आकर्षक कोठा तथा सुइटसहित १८ वटा विशिष्ट निजी भिल्ला रहेका छन् । वेलनेस सुविधाअन्तर्गत स्पा, योग, ध्यान तथा विशेष वेलनेस कार्यक्रमका साथै आधुनिक फिटनेस सेन्टर, इन्फिनिटी स्विमिङ पुल, बाहिरी जाकुजी, स्टिम र साउना उपलब्ध छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

एम्बाप्पे र यामाललाई पछि पार्दै ह्यारी केनले जिते बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि
काठमाडौँ । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । सन् २००१ मा माइकल ओवेनले जितेयता पहिलोपटक इंग्ल्यान्डका खेलाडीले फुटबलको... ...

कस्तो होला आजको मौसम ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको र तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ । आज दिउसो कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै, आज राति ...

एनपीएलमा आज विराटनगर र चितवन तथा जनकपुर र कर्णाली भिड्दै, अघिल्लो संस्करणको नतिजा कस्तो थियो ?
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने... ...

धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल
म्याग्दी। कर्मले नै परिचय दिन्छ। सत्कर्म गर्दै जाँदा त्यसबाट अपेक्षित फल प्राप्त हुन्छ। नामसँगै दाम पनि प्राप्त हुन्छ। यस्तै भएको छ म्याग्दीको मङ्गला गाउँपालिका–३ बरञ्जाका कृष्णलाल सापकोटालाई। जिल्लामा उनले नमुना किसानको पहिचान बनाएका छन्। बरञ्जाको महेन्द्ररत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सापकोटाले धानखेती हुने खेतमा कागतीखेती विस्तार गरेका छन्। सापकोटा सञ्चालक रहेको सापकोटा सुन्तला फार्ममार्फत १२ रोपनी खेतमा ६०० कागतीका बिरुवा हुर्काइएका छन्। चार ...


