दसैंपछि खुलेको सेयर बजार नकारात्मक, कारोबार ४ अर्बमा सीमित

दशैँ विदापछि खुलेको सेयरबजारको पहिलो कारोबारमा गिरावट आएको छ। सोमबार नेप्से ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा झरेको हो। यस दिन लगानीकर्ताहरुले ४ अर्बको कारोबार गरेका छन्। कुल १ करोड कित्ता किनबेचपछि यो परिमाणमा कारोबार भएको हो। सोमबार ९९ वटा सेयर बढ्दा १७१ वटा घटेका छन् भने ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। यस दिन बेनी हाइड्रोपावर प्रोजेक्ट १४.९९ प्रतिशतले बढे पनि बाँकी सेयरहरुमा ५.८१ प्रतिशतसम्म मात्र बढावट देखिएको छ। त्यसैगरी चिर्ख्वा खोला हाइड्रो ७.९२ प्रतिशतले, महिला लघुवित्त ७.५७ प्रतिशतले घटेका छन्। कारोबारमा घलेम्दी हाइड्रो अगाडि छ। कम्पनीको २३ करोडको कारोबार हुँदा शिवम् सिमेन्टको पनि २० करोडको कारोबार भएको छ। समूहहरुमध्ये आज जलविद्युत्, उत्पादन, सामूहिक लगानी कोष र व्यापार बढे पनि बाँकी सबै घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। The post दसैंपछि खुलेको सेयर बजार नकारात्मक, कारोबार ४ अर्बमा सीमित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु
नाइजेरिया । नाइजेरियाको उत्तरपूर्वी ताराबा राज्यस्थित बिन्नारी समुदायमा अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । प्रहरीले आइतबार घटनास्थल र आसपासका क्षेत्रबाट थप १५ जनाको शव बरामद... ...

गुल्मीका फलाम र तामा खानीको अध्ययन गरिने
तम्घास(गुल्मी), कात्तिक ९ गते । विकासमा गुल्मी मोडल र यहाँ रहेका फलाम र तामा खानीका बारेमा अध्ययन गरिने भएको छ । विकासमा गुल्मी मोडल र यहाँ रहेका खानीका बारेमा प्रतिनिधि सभा सदस्य... ...

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
चितवन – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार भएको बताएका छन् । भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र लालपुर्जा वितरण प्रक्रियाबारे छलफल गर्न तथा उनीहरूका गुनासा सुन्न चितवन आएकी मन्त्री रावलले सोमबार भरतपुर महानगरपालिका–११ गणेशस्थानमा स्थानीयसँग छलफल […] ...

खेल हेर्न क्रिकेट मैदान पुग्दै दर्शक, तस्बिरहरू
काठमाडौँ। नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र गत... ...


