दसैं मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं।दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ। दसैंको टीका तथा आशीर्वाद थापेर घरबाट फर्किने यात्रु र सवारीसाधनको संख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायतका सडक खण्डमा सवारीसाधनको चाप बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सो कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको आवागमन सहज बनाउन तथा सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सक्रिय रूपमा परिचालन गरिएको बताए। कार्यालयका प्रहरी प्रवक्ता नरेशराज सुवेदीले उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी चाप व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको जानकारी दिए। उपत्यकाका प्रमुख नाकाहरूमा दैनिक निजी कार, जीप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यस वर्षको दसैं मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका थिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

डिजिटल करेन्सीको तयारीमा कहाँ पुग्यो राष्ट्र बैंक ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०७८ फागुन २० गते सार्वजनिक गरेको चौथो रणनीतिक योजना चालु आर्थिक वर्षमा सकिँदै छ । २०७९/८० मा सुरु भएको उक्त योजनाको रणनीतिको एउटा महत्त्वपूर्ण विषय थियो–... ...

घट्टेखोला कटान रोक्न २ करोड सुनिश्चितपछि ठेक्का आह्वान
भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अविरल वर्षापछि भक्तपुरको घट्टेखोलामा आएको बाढीले बस्ती आसपास कटान गरेपछि दुई करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयनमा आएको छ। प्रदेश सरकारबाट स्रोत सुनिश्चितता भएपछि... ...

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन त:मुंज्या सुरु
जनता म्वासा भाषा म्वाई अर्थात् जनता बाँचे भाषा बाँच्छ भन्ने मूल नाराका साथ ४६ वर्ष अगाडिबाट नेपाल भाषा साहित्य त:मुंज्या कार्यक्रम हुँदै आएको छ । ...

गुल्मीको सरायँ मेलामा काठे पिङको बढ्दो आकर्षण
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), कात्तिक ६ गते । दसैँको बेला गुल्मीका गाउँबस्तीमा काठे पिङको आकर्षण बढेको छ । दसैँको टीका लगाए पछिका सरायँ नाच हुने स्थानहरुमा पिङले साँस्कृतिक जमघट... ...


