दसैं बिदाका कारण हेटौंडामा रगत अभाव

हेटौंडा।दसैं बिदाका कारण हेटौंडामा रगतको अभाव भएको छ। दसैं बिदाका कारण यस बीचमा विभिन्न संघसंस्थाका रक्तादनका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा, रक्त सञ्चार केन्द्रका प्रमुख टंक दाहालले जानकारी दिए। रगत अभाव भएसँगै केन्द्रका तर्फबाट संघ संस्थासँग रक्तदानका लागि आह्वान समेत गरिएको छ। संस्थाको आह्वानसँगै आज चुरियामाईमा गरिएको रक्तदानमा २१ युनिट रगत संकलन भएको उनले जानकारी दिए। रगत अभावलाई दृष्टिगत गर्दै हिमालयन राइडर्स सोसाइटी, हेटौंडाले रेडक्रस हेटौंडा शाखासँगको समन्वयमा यही कात्तिक १२ गते बिहीबार बिहान ७ बजे हेटौंडा मेनरोडस्थित बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिए। रगत अभावको समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै उनले रक्तदानका लागि सबैमा अनुरोध गरे। रक्त सञ्चार केन्द्र प्रमुख दाहालका अनुसार हेटौंडामा दैनिक १० देखि १५ युनिट रगत आवश्यक हुने गरेको छ। हेटौंडामा ५५ जना नियमित डाइलोसिस गर्नुपर्ने बिरामी रहेका कारण उक्त युनिट रगत अपरिहार्य हुने गरेको उनले बताए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कृषि आधुनिकीकरणमा १ खर्ब ४० अर्बको परियोजना
काठमाडौं।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम दोस्रो चरणमा सञ्चालन गर्न एक खर्ब ४० अर्बको परियोजना तयार गरिएको छ। परियोजनामा कृषि तथा पशुपालन क्षेत्रमा व्यावसायिक उत्पादन, पूर्वाधार विकास, कृषकलाई तालिम, कृषि उत्पादन वृद्धि, अनुदान वितरणलगायत योजना समावेश गरिएको हो। किसानको आय वृद्धि तथा कृषिमा आधुनिकीकरण गरी कृषि क्षेत्रमा रोजगारी सिर्जना गरी देशलाई कृषि वस्तु उत्पादनमा आत्मनिर्भर बनाउने रणनीति लिइएको परियोजनामा विगतका अनुभव, सिकाइ र ...

जनकपुरमाथि कर्णाली याक्स १९ रनले विजयी
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी शुरुवात गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । कर्णालीले दिएको १३३ रन पछ्याएको जनकपुरले १९.३ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो । जनकपुरका लागि अभिषेक तिवारीले सर्बाधिक २० रन बनाए भने कप्तान हरमित सिंह र ...

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनकपुरलाई हराउँदै कर्णालीले विजयी सुरुवात गरेको... ...

बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कर्णालीको जनकपुरमाथि जित
कर्णालीले १३२ रन बनाएपछि जनकपुरलाई १९.३ ओभरमा ११३ रनमै अलआउट गर्दै नेपाल प्रिमियर लिगमा विजयी सुरुआत गर्यो। ...


