Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

काठमाडौं । दसैँका समयमा सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा दुईवटा बस निःशुल्क सञ्चालन गरेको छ। दसैँका बेला सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले यात्रुलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलका अनुसार उक्त सेवा आजदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा प्रदान गर्नेछ। त्यस्तै, दोस्रो बसले प्रधान कार्यालयबाट प्रस्थान गरी सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानका यात्रुलाई निःशुल्क सेवा उपलब्ध गराउनेछ। दसैँका समयमा सार्वजनिक यातायातको अभावमा सर्वसाधारणले भोग्नुपर्ने समस्यालाई न्यूनीकरण गरी सहज यात्रा सुनिश्चित गर्न निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

महिला कबड्डी कप्तानको असन्तुष्टिपछि कबड्डी सङ्घले भन्यो– पुरस्कारसम्बन्धी नियम संशोधन गरियोस्
ताजा खबरJust now

महिला कबड्डी कप्तानको असन्तुष्टिपछि कबड्डी सङ्घले भन्यो– पुरस्कारसम्बन्धी नियम संशोधन गरियोस्

काठमाडौँ। महिला राष्ट्रिय कबड्डी टोलीकी कप्तान मानमति विष्टले खेलाडीलाई दिइने पुरस्कार रकम र राज्यको प्राथमिकताबारे असन्तुष्टि व्यक्त गरेपछि अखिल नेपाल कबड्डी सङ्घले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। सङ्घले खेलाडीको पुरस्कार... ...

रातोपाटी
मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठलाई
ताजा खबरJust now

मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठलाई

काठमाडौं- मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठले जितेकी छन्। काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा अक्टोबर ३ मा सम्पन्न प्रतियोगितामा उनले अन्य आठ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्। प्रतियोगितामा देशका विभिन्न स्थानबाट आएका नौ जना किशोरीले सहभागिता जनाएका थिए। सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व, प्रतिभा तथा उद्देश्यलाई आधार बनाएर आयोजना गरिएको प्रतियोगिताको अन्तिम चरणपछि विजेतासहित शीर्ष तीन प्रतिस्पर्धीको घोषणा गरिएको ...

नेपालन्युज
राष्ट्रपति पौडेलद्वारा उपत्यकाका नौ शक्तिपीठको दर्शन
ताजा खबरJust now

राष्ट्रपति पौडेलद्वारा उपत्यकाका नौ शक्तिपीठको दर्शन

काठमाडौँ । बडादसैँ २०८३ का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न नौ शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती मन्दिर पुगेर पूजाअर्चना तथा दर्शन गर्नुभएको हो। बडादसैँमा शक्तिस्वरूपा दुर्गा भवानीको विशेष आराधना गर्ने धार्मिक परम्परा छ। यस अवसरमा देवीको पूजा, पाठ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play