Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक हजार ३३९ सवारी दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको जानकारी दिए । दुई हजार ९८८ जना घाइते भएका छन् । घाइतेमध्ये ४३७ जना गम्भीर र दुई हजार ५५१ जना सामान्य घाइते भएका छन् । उक्त अवधिमा सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा ३९७ वटा भएका छन् भने सबैभन्दा कम मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन् । काठमाडौँ उपत्यकामा १७१, बागमतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० वटा दुर्घटना भएका छन् । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल सङ्लग्न रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर ७१, ६४ माइक्रोबस, ५४ बस ५४, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन रहेका छन् । गत वर्ष दसैँ अवधिमा देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजारबढी चालकमाथि कारबाही दसैँको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७०३ वटा सवारीसाधन चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४, क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ वटा रहेका छन् । यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८, लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ रहेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेका अनुसार चाडपर्वको समयमा लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुको सुरक्षा र सहजताका लागि विशेष व्यवस्था गरिएको थियो । देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना गरेको थियो । अन्तरराष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरिएको प्रहरीले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न प्रविधिको प्रयोगबाट सवारी आवागमनलाई व्यवस्थित बनाउने प्रयास गरेको थियो । दसैँपछि नजिकिँदै गरेका दीपावली, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गरी प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि विशेष योजना कार्यान्वयन गरिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

आहा हिमश्रृङ्खला (फोटो फिचर)
ताजा खबरJust now

आहा हिमश्रृङ्खला (फोटो फिचर)

सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) कात्तिक १० गते । धनकुटाको पाख्रीबासस्थित राम्चेडाँडाबाट मनमोहक हिमश्रृङ्खला देखिएको छ । पूर्वी पहाडी जिल्लामा पर्ने पर्यटकीय स्थलका रुपमा चिनिने पा... ...

गोरखापत्र
असोजमा अन्नपूर्ण संरक्षण क्षेत्रमा ३२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए
ताजा खबरJust now

असोजमा अन्नपूर्ण संरक्षण क्षेत्रमा ३२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटक आगमन दुई हजार ४१६ ले बढेको हो । आयोजना प्रमुख डा.रविन कडरियाका अनुसार असोजमा दक्षिण एसियाली मुलुकबाट १२ हजार ६४५ र अन्य देशबाट २० […] ...

लोकपथ
पालिका निर्वाचनको तयारीमा रास्वपा, गाउँपालिकामा मात्रै २० हजारभन्दा बढी आकाङ्क्षीको आवेदन !
ताजा खबरJust now

पालिका निर्वाचनको तयारीमा रास्वपा, गाउँपालिकामा मात्रै २० हजारभन्दा बढी आकाङ्क्षीको आवेदन !

विराटनगर । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक तयारी थालेको छ । रास्वपाले उम्मेदवार छनोटको गृहकार्यलाई आक्रामक रूपमा अगाडि बढाएको हो । परम्परागत राजनीतिक... ...

रातोपाटी
तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट
ताजा खबरJust now

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा । झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play