दसैँमा रिलिज भएका कुन सिनेमाको कलेक्सन कति ?

काठमाडौं । दसैँको बिदाको छेको पारेर रिलिज भएका तीनवटा चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । ‘आ बाट आमा–२’, ‘६ माया छपक्कै–२’ र ‘१२ गाउँ–२’को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको हो । यी तीन चलचित्रमा पल शाह मुख्य भूमिकामा रहेको ‘आ बाट आमा–२’ बक्सअफिसमा अगाडि देखिएको छ । यो सिनेमाले चार करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ कलेक्सन गरेको छ । यसका एक लाख ३१ हजार ४९१ टिकट बिक्री भएका छन् । दीपकराज गिरी मुख्य भूमिकामा रहेको ‘६ माया छपक्कै–२’ दोस्रो स्थानमा छ । यसले दुई करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ कलेक्सन गरेको छ । यसका ८२ हजार ७५९ ओटा टिकट बिक्री भएका छन् । समीर भट्ट मुख्य भूमिकामा रहेको ‘१२ गाउँ–२’ तेस्रो स्थानमाख छ । यसले एक करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यसका ५७ हजार ९८३ ओटा टिकट बिक्री भएका छन् । ‘आ बाट आमा–२’ लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । ‘१२ गाउँ–२’ विराज भट्टले निर्देशन गरेका छन् । ‘६ माया छपक्कै–२’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । ‘आ बाट आमा–२’मा पलसँगै विपना थापा, मलिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेललगायत कलाकारको अभिनय छ । ‘६ माया छपक्कै–२’ मा दीपकराज गिरी, केकी अधिकारी, शनिसा भट्टराईललगायत मुख्य भूमिकामा छन् । ‘१२ गाउँ–२’ मा समीर र विराजसँगै अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनीलगायत कलाकारको अभिनय छ । The post दसैँमा रिलिज भएका कुन सिनेमाको कलेक्सन कति ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

देशका ८ प्रमुख सहरमा फ्लडलाइट सहितका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढायौं : मन्त्री लम्साल
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित देशका ८ सहरमा फ्लडलाइट सहितका कम्तीमा ८ हजार दर्शक क्षमता भएका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् । ...

सभामुख अर्याल र अमेरिकी संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता
अमेरिकाको तल्लो सदनको ‘वेज एण्ड मिन्स कमिटी’का सभापति जेसन स्मिथ नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। ...

बर्दियामा बुबाको हत्या आरोपमा छोरा पक्राउ
काठमाडौं।बुबाको हत्या आरोपमा बर्दियामा छोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजापुर नगरपालिका–३ का राजेन्द्र थारु रहेका छन्। ५० वर्षीय बुवा कालुराम थारुको हत्या गरेको आरोपमा उनलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। राजेन्द्रले कुटपिट गर्दा कालुराम गम्भीर घाइते भएका थिए। उनको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगञ्ज बाँकेमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय राजापुरबाट ...

एनपीएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर संगम हो : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भनिन्, 'मैदानमा जुनसुकै टिमले जितोस्, अन्ततः जित नेपाली क्रिकेटकै हुनेछ ।' ...


