दसैँमा मासु खाँदा सावधानी अपनाउनुस्, हड्डी अड्किए यी गल्ती नगर्नुहोस्

काठमाडौं । दसैँमा मासु तथा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले चिकित्सकले खानपानमा सावधानी अपनाउन सुझाव दिएका छन् । विशेषगरी मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा आफैँ निकाल्ने वा अन्य खानेकुरा निलेर तल धकेल्ने प्रयास नगर्न चिकित्सकले आग्रह गरेका छन् । वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताका अनुसार बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ । यसले घाँटी तथा छाती पोल्ने, घाँटीमा केही अड्किएजस्तो हुने र खसखस महसुस हुनेजस्ता समस्या निम्त्याउन सक्छ । दसैँमा खानपान गर्दा आफ्नो स्वास्थ्य अवस्थाअनुसार खानेकुराको मात्रा र प्रकृतिमा ध्यान दिनुपर्ने डा. गुप्ताको सुझाव छ । विशेषगरी पहिले नै घाँटीमा जलन वा एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिले चिल्लो तथा बोसोयुक्त मासु कम खानु उपयुक्त हुने उहाँ बताउनुहुन्छ । चिल्लो र बोसोयुक्त मासु खाँदा सावधानी अपनाउनुपर्ने दसैँमा मासुका विभिन्न परिकार खाने चलन छ । तर, बढी चिल्लो, पिरो र अमिलो खानेकुराले केही व्यक्तिमा एसिड रिफ्लक्स बढाउन सक्छ । पेटमा रहेको अम्ल घाँटीसम्म फर्किँदा घाँटी र छाती पोल्ने, घाँटीमा केही अड्किएजस्तो हुने तथा खसखस हुने समस्या देखिन सक्छ । घाँटीमा जलन वा एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिले आफूलाई सहज हुने र पचाउन सजिलो खानेकुरा खानु उपयुक्त हुने डा. गुप्ता बताउनुहुन्छ । साथै, पर्याप्त पानी पिउन र खानपानमा सन्तुलन कायम गर्न पनि उहाँले सुझाव दिनुभएको छ । हड्डी वा मासु अड्किए ज्यानै जोखिममा पर्न सक्छ मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा निल्न गाह्रो हुने, घाँटी दुख्ने र थुक निल्नसमेत समस्या हुन सक्छ । अड्किएको वस्तुले श्वासनलीमा अवरोध गरेमा सास फेर्न कठिन हुने र ज्यानसमेत जोखिममा पर्न सक्ने डा. गुप्ता बताउनुहुन्छ । यस्तो अवस्थामा घाँटीभित्र औँला हालेर अड्किएको वस्तु निकाल्ने प्रयास गर्नु हुँदैन । त्यसैगरी, भात, रोटी वा अन्य खानेकुरा निलेर हड्डी वा मासुको टुक्रालाई तल धकेल्ने प्रयास गर्दा घाँटीमा थप चोट लाग्न सक्ने भएकाले यस्तो नगर्न चिकित्सकको सुझाव छ । हड्डी अड्किएको शङ्का भएमा आफैँ निकाल्ने प्रयास नगरी चिकित्सकीय सहायता लिनुपर्छ । निल्न नसक्ने वा थुकसमेत निल्न गाह्रो हुने अवस्था आएमा तत्काल अस्पताल जानुपर्छ । सास फेर्न गाह्रो भए तत्काल आपत्कालीन सहायता लिनुपर्ने मासु वा हड्डी अड्किएपछि सास फेर्न नसक्ने, बोल्न नसक्ने वा प्रभावकारी रूपमा खोक्न नसक्ने अवस्था देखिएमा श्वासनलीमा अवरोध भएको हुन सक्छ । यस्तो अवस्था ज्यानका लागि जोखिमपूर्ण हुने भएकाले तत्काल आपत्कालीन सहायता लिनुपर्ने चिकित्सक बताउँछन् । दसैँको समयमा मासुका परिकार खाँदा हतार नगरी सावधानीपूर्वक खानु, आफ्नो स्वास्थ्य अवस्थाअनुसार खानेकुरा छनोट गर्नु र घाँटीमा हड्डी वा मासुको टुक्रा अड्किएमा घरेलु उपाय अपनाएर निकाल्ने प्रयास नगर्नु महत्त्वपूर्ण हुन्छ । चाडपर्वमा खानपानको आनन्दसँगै स्वास्थ्यमा पनि ध्यान दिन सकेमा सम्भावित समस्याबाट बच्न सकिन्छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

७२ हजार ट्रामाडोलसहित दुई युवक पक्राउ
काठमाडौं।दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आइरहेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित बाराको कलैया उपमहानगरपालिकाका–२३ कोयरियाका २७ वर्षीय सुदिप पटेल र वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनीलाई पक्राउ गरिएको हो। ...

पेटभित्र लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसा गरेपछि बरामद
कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा उनलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो प्वाइन्टबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएका चौधरीले आज बिहान ६:३० बजे दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा रहेको ...

ऊर्जा आक्रमण तीव्र, अमेरिकी दूतसँग जेलेन्स्कीको वार्ता
काठमाडौँ । रुस र युक्रेनले एकअर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गरेका... ...

टाइगर श्राफमाथि आक्रमणको घटनाका अभियुक्त नेपाल भाग्ने तयारीमा रहेको दाबी
काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना नेपाल भाग्ने तयारीमा रहेको दाबी गरिएको छ । बीबीसी हिन्दीका अनुसार राजस्थानको कोटा प्रहरीले सोमबार बिहान... ...


