Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँमा घर पोत्ने रातो माटो र कमेरोको परम्परा हराउँदै

दसैँमा घर पोत्ने रातो माटो र कमेरोको परम्परा हराउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँमा घर पोत्ने रातो माटो र कमेरोको परम्परा हराउँदै

काठमाडौं। बडादसैँ नजिकिएसँगै घरआँगन लिपपोत गरी चिटिक्क पार्ने परम्परा धनकुटामा क्रमशः हराउँदै गएको छ। कुनै समय दसैँको पूर्वसन्ध्यामा रातो माटो, कमेरो र खोटोको खोजीमा व्यस्त हुने स्थानीयहरू अहिले आधुनिक रङ र सिमेन्टको प्रयोगतर्फ आकर्षित भएका छन्। धनकुटा नगरपालिका-२ का हरिबहादुर बस्नेतका अनुसार पहिले दसैँ आउनुअघि चिम्टिया माटो, रातो माटो र कमेरो खोज्न स्थानीयहरूको भीड लाग्ने गथ्र्यो। परिवारका सदस्यहरू मिलेर घरका भित्ता पोत्ने र झ्यालढोकामा खोटो लगाउने काम दसैँको तयारीको अभिन्न हिस्सा थियो। तर, अहिले पक्की घर निर्माण गर्ने र बजारमा पाइने आधुनिक रङ लगाउने प्रवृत्ति बढेको छ। त्यस्तै, सालको रुखको लोप्राबाट तयार पारिने खोटो लगाउने परम्परा पनि लोप हुँदै गएको छ। स्थानीय मोहन थापाका अनुसार पहिले झ्यालढोकामा खोटो लगाउँदा धमिरा र धुल्याहाबाट काठ जोगिने विश्वास गरिन्थ्यो। अहिले वार्निस र रासायनिक पदार्थको प्रयोग बढेकाले खोटो बनाउने परम्परागत सीप नयाँ पुस्ताका लागि अपरिचित बन्दै गएको छ। घरको लिपपोत र सजावटमा हुने यस्तो सामूहिक अभ्यासले सामाजिक सम्बन्ध र आपसी सहयोगलाई बलियो बनाउँथ्यो। स्थानीय स्रोतसाधनको प्रयोग गरी घरलाई सुन्दर बनाउने यो अभ्यास पुस्तौँदेखि चल्दै आएको थियो। आधुनिक निर्माण सामग्रीको सहज उपलब्धताले घरलाई व्यवस्थित बनाए पनि परम्परागत सीप र स्थानीय सामग्रीको उपयोगसम्बन्धी ज्ञान भने संरक्षणको चुनौतीमा परेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

[अर्काइभ] ‘पासाङ ल्हामु दिदीले सपनामै सगरमाथा चढ्न बोलाएकी थिइन्’
ताजा खबरJust now

[अर्काइभ] ‘पासाङ ल्हामु दिदीले सपनामै सगरमाथा चढ्न बोलाएकी थिइन्’

पासाङ ल्हामु शेर्पाबाट प्रेरित ल्हाक्पा शेर्पा सगरमाथा चढ्ने दोस्रो नेपाली महिला बनिन् । उनले आफ्नै कीर्तिमान तोड्दै ११ पटक सगरमाथाको सफल आरोहण गरिसकेकी छन् । ...

कान्तिपुर
परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो
ताजा खबरJust now

परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो

परदेशी भूमिमा गमिरहेछु- पहिले सामान्य लाग्ने पारिवारिक भेटघाट, आमाको हातले पकाएको खाना, बुबासँग बसेर गरिने कुराकानी र घरआँगनमा सुनिने हाँसोको मूल्य टाढा पुगेपछि मात्र गहिरोसँग महसुस हुँदो रहेछ। ...

कान्तिपुर
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान
ताजा खबरJust now

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपत्कालीन अवस्थामा पुग्न... ...

रातोपाटी
कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?
ताजा खबरJust now

कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?

न्युयोर्कलगायतका स्थानमा रहेका नेपाली दसैंको तयारीमा जुटेका छन् । नेपाली ग्रोसरी स्टोर तथा पसलमा दसैंका सामान किन्नेहरूको चहलपहल बढेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play