Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छः संस्कृतिविद् डा.गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छः संस्कृतिविद् डा.गोविन्द टण्डन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छः संस्कृतिविद् डा.गोविन्द टण्डन

काठमाडौँ । नेपालको सांस्कृतिक क्षेत्रमा डागोविन्द टण्डन स्थापित नाम हो। पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गरेका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसकेका छन्। गुठी संस्थान विद्वत् परिषद्को समेत नेतृत्व गरिसकेका संस्कृतिविद् टण्डन अहिले गुठी संस्थान सञ्चालक समितिको अध्यक्ष पनि हुन् । संस्कृतिविद् टण्डनसँग दसैँको सांस्कृतिक पक्षमा रही अन्तर्वार्ताको अंश यहाँ प्रस्तुत गरिएको छ । दसैँको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई कसरी बुझ्न सकिन्छ ?नेपालमा वर्षैभरि विभिन्न किसिमका चाडपर्व आइरहन्छन् । त्यसमध्येमा पनि विजयादशमी अर्थात् बडादशमीको भने ठूलो महत्व छ । एउटा त यो संस्कृतिभित्रको पनि एउटा अभिन्न अङ्ग भयो । नवरात्र यसैभित्र पर्छ । नवरात्रले गर्दाखेरि यो साधनाको पर्व पनि भयो । अब यो साधनाको पर्व भएको हुनाले, आफैँले आफैँलाई चिन्ने अवसरको पनि यो एउटा ठूलो सांस्कृतिक अभिन्न अङ्ग हो । यसको अत्यन्त ठूलो महत्व छ । दसैँ भन्नासाथै, जुनसुकै नेपाली, जहाँसुकै गएको होस् घर सम्झिने एउटा प्रमुख पर्व हो । दसैँपछि मनाइने तिहार, छठ, लोसार र आ–आफ्नो चलनअनुसारका अरू पर्व पनि छँदै छन् । पछिल्ला वर्षमा नेपालीहरू ‘डायोस्पोरा’मा पनि धेरै छन् । जहाँ रहेको भए पनि, जहाँ बसेको भए पनि, दसैँमा घर जाने या नजाने उनीहरूका बीचमा चर्चा, परिचर्चा हुन्छ । हामी नेपालीलाई जहाँ रहेको भए पनि सम्झेर घर आउने बनाउने पर्व पनि दसैँ नै । यो पर्व यति व्यापक छ कि, यसलाई कसैले, “हैन, यो त म मान्दिनँ, यो गर्दिनँ” भन्दाभन्दै पनि यसले सबैलाई समेट्न सक्ने भएकाले दसैँ दिनानुदिन राष्ट्रिय पर्वका रूपमा रहेको छ । राष्ट्रिय पर्व किनभने हामीले दसैँमा जतिको लामो छुट्टी अरू कुनै पनि चाडपर्वलाई दिँदैनौँ । यद्यपि, पहिलाको भन्दा बिदा घट्दै गएको छ, विद्यालयमा घट्दै गएको छ, कार्यालयमा घट्दै गएको छ । हिजोको जुन किसिमको पर्वोत्सवमा यसको भव्यता थियो, त्यो घट्दै गइरहेको छ । तर यसो हुँदाहुँदै पनि विजयादशमी भनेको नेपालीहरूको एउटा ठूलो चाड हो । अब हिन्दू धर्म तथा हिन्दू धर्मावलम्बीहरूको लागि मात्र नभएर यो त सबै नेपालीको चाडका रुपमा स्थापित भएको छ । यस पर्वले अनेकतामा एकताकाको भावनासहित सबै नेपालीलाई जोडेको छ । नेपाल एकीकरण हुनुभन्दाअघि यहाँ विभिन्न भुरे, टाकुरे राज्यहरू थिए । त्यसबखत ५२ भन्दा बढी त राज्यहरू थिए । पृथ्वीनारायण शाहले जुन किसिमले एकीकरण गर्नुभयो । त्यसपछि गोरखामा चलिरहेको विजयादशमीलाई गोरखामै छोडेर आएको भए पनि हुन्थ्यो नि, तर त्यसो नगरिकन त्यहाँको दसैँ घरबाट जमरा विधिपूर्वक काठमाडौँ भित्राएर र दसैँलाई राष्ट्रिय पर्वका रुपमा मान्यता दिएको विषय आफैँमा अति महत्व छ । यसले नेपालको पर्वहरूमध्ये कुन पर्वलाई हामी राष्ट्रिय पर्वका रूपमा मनाउन सक्छौँभन्दा त्यही बेलादेखि नै अर्थात् विसंं १८२५ देखि नै पृथ्वीनारायण शाहले त्यसको बीजारोपण गर्नुभएको थियो । जसका कारणले अहिले पनि सप्तमीको दिनमा गोरखाबाट जमरा ल्याउने, त्यसपछि सरकारी कार्यक्रमसहित भव्यताका साथ विधिवत् रुपमा काठमाडौँ हनुमानढोकामा भित्र्याइने चलन छ । त्यसले पनि यसको सांस्कृतिक महत्व अत्यधिक छ । यसरी दसैँले जुन किसिमको गरिमा पाएको छ, महत्व पाएको छ, अरू चाडपर्वहरूमा छैन । दसैँले नेपालीलाई जोड्ने काम पनि गरेको छ । पहाड होस्, तराई वा हिमाल जहाँ होस्, सबैतिर आ–आफ्नो किसिमले दसैँ मनाइने गरिन्छ । हिमालतिर टीका लगाउने अथवा जमरा लगाउने चलन छैन । त्यहाँ यसलाई भाइचाराको पर्व, एकापसमा शुभकामना साटासाट गर्ने र मनोरञ्जन गर्ने पर्वका रूपमा मनाउँछन् । नेपालमा मुस्लिम, क्रिस्चियन पनि छन्, उनीहरूले पनि यसलाई आफ्नै किसिमले मनाउन थालेका छन् । विजयादशमीलाई स्वीकार गर्छन् । यस पर्वमा उनीहरूको बीचमा शुभकामनाको आदान–प्रदान गर्ने, भेटघाट गर्ने र एकापसमा रमाइलो गर्ने तौरतरिका छ, यसले पनि दसैँको महत्वलाई झल्काउँछ । अब त दसैँ नेपालमा मात्र सीमित नभएर विश्वव्यापी रुपमा विस्तार भएको छ । जहाँ–जहाँ नेपालीहरू पुगेका छन्, अहिले ती ठाउँमा पनि विजयादशमी भव्य रूपमा मनाउने चलन चलेको छ । पछिल्ल्लो समयमा यसभित्र रहेको साधनाको पक्ष भने ओझेल परेको छ । अध्यात्मको पक्ष भने बिलाउन लागेको वा हराउन लागेको हो भन्ने देखिन्छ । दसैँ भन्ने बित्तिकै खाइपिइमा रमाउने चलन बढेको छ । दसैँको धार्मिक तथा सांस्कृतिक महत्वलाई पनि सँगै लैजाने चुनौती भने थपिएको छ । विदेशी पर्यटकका लागि पनि दसैँ महत्व र कौतुलहको विषय बनेको छ । यसबाट पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने लाग्छ । अहिले पोखरा, काठमाडौँलगायत विभिन्न ठाउँमा विदेशीले पनि सामूहिक रूपमा टीकाटालो गरी उत्सवका रुपमा मनाउने चलन बढेको छ । अन्यत्र पनि यो क्रम बढेको देखिन्छ । स्वदेशी मात्र नभएर विदेशीले पनि टीका लगाउने, जमरा थाप्ने र त्यसपछि आफूलाई एउटा गौरवको अनुभूति गर्ने परम्परा हुँदै गएको छ । आफ्ना अग्रज वा आफूभन्दा ठुलासँग आशीर्वाद लिने, आफूभन्दा सानालाई आशीर्वाद दिने, शुभकामना आदानप्रदान गरी रमाउने र आशीर्वादमा पनि शुःख, शान्ति, आनन्दको कामना गर्ने परम्परा छ, यस्तो चलन विश्वमा विरलै पाइएला । जुनसुकै धर्म, सम्प्रदाय र जसले अवलम्बन गर्दा पनि नराम्रो हुने केही छैन । होला, त्यसमा रहेका कतिपय कुराहरूलाई आ–आफ्नो ढङ्गले व्याख्या गर्ने, परिभाषित गर्ने कुरालाई त स्वाभाविक रुपमै लिनुपर्दछ । नेपालमै पनि हामीकहाँ कोही रातो टीका लगाउँछन्, ठीकै छ, कोही सेतो टीका, अक्षतालाई दहीमा मात्रै मुछेर लगाउँछन्, त्यो पनि ठीकै छ । कोही जमरा लगाउँछन्, कोही लगाउँदैनन्, त्यो पनि चलिरहेको छ । यसैले यो विविधताभित्र पनि जुन किसिमले विजयादशमी अटाएको छ । यसले सबैलाई एक किसिमको एकताबद्ध गर्ने काम गरिरहेको छ । यसभित्रको त्यो महानताले, यसभित्र रहेका विभिन्न किसिमका अर्थकारी कुराहरूले, राम्रा कुराहरूले गर्दा नै यो सम्भव भएको हो । दसैँ–संस्कृतिबाट बिलाउन लागेका अर्थात् लोप हुन लागेका साधना एवं आध्यात्मिक पक्ष के के हुन् ?हिजोको दिनमा नवरात्र भनेको साधनाको पर्व थियो । नौ दिनसम्म नवदुर्गा देवी भवानीको पूजाआराधना गर्ने, त्यसपछि त्यो पूजा आराधना भनेको अब नेपालको सन्दर्भमा हेर्दा सात्विक, राजसी र तामसी पूजा तीनै प्रकारको देखिन्छ । अब तीनै थरीहरूले आ–आफ्नो श्रद्धा–विश्वासअनुसार साधना गर्थे । अहिले साधना पक्ष अलिकति हराउँदै जान लागेको महसुस हुँदै गइरहेको छ । हरेक दिन जुन साधना गरिन्छ, त्यो साधना भनेको आफँैले आफैँलाई चिन्ने हो, आफँैभित्रको पशुतालाई हटाउनको लागि हो । आफँैभित्रको काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता जति पनि अवगुणहरू छन्, ती अवगुण मबाट हराऊन् र मलाई चाहिँ दुर्गा भगवतीले यस्तो आशीर्वाद कृपा गरून् कि ममा ती कुराहरू नहुन् भनेर साधना गर्ने र त्यो साधना गरिसकेपछि दसैँको दिनमा जुन टीका प्रसाद हुन्छ, त्यो आफैँले पनि ग्रहण गर्ने, अरूलाई पनि त्यसबाट आशीर्वाद दिने चलन हो, अब त्यसमा अहिले बाहिरी अवशेष बाँकी भयो । त्यसको भित्री तत्व, त्यसको भित्री जुन साधनाको पक्ष र बुझ्नैपर्ने पक्ष, दर्शनको पक्ष, जीवनको एउटा जीवनोपयोगी पक्ष थियो, त्यो चाहिँ बिर्सिंदै, हराउँदै जान लागेको अनुभूति भएको छ । पछिल्ला वर्षहरूमा संस्कृति र नैतिक शिक्षाले स्थान नपाउँदा केही समस्या देखिएको हो । संस्कृतिको पढाइ विद्यालयदेखि नै दिन खोजेनौँ । नैतिकताको शिक्षा भनेको लोप भएर गयो । त्यसले गर्दा हाम्रो संस्कृति भनेको के हो ? हामीलाई केले जोडेको छ ? हामीलाई किन हाम्रा संस्कृतिप्रति गर्व लाग्छ रयो प्यारो हुन्छ ? हाम्रा संस्कृतिहरूलाई चाहिँ ग्रहण गर्नुपर्छ ? त्यसभित्र भएका विकृतिहरूलाई हटाउँदै पनि जानुपर्छ, फाल्दै पनि जानुपर्छ । त्यसभित्र भएका सवल पक्षहरूलाई ग्रहण गर्दै जानुपर्ने हो । त्यो बढाउने पक्षमा हामीकहाँ कतिपय कुराहरू त्यस अनुसार भइरहेका छैनन् । त्यसतर्फ अब सौच्ने समय आएको छ । दसैँको बेलामा घर लिपपोत हुन्थ्यो । १५–२० दिन अगाडिदेखि नै गाउँका मानिस जम्मा भएर सामूहिक रूपमा गाउँटोल छिमेक सरसफाइ गर्ने, कुवा, पँधेरो, इनार, विद्यालय, मठमन्दिर, विहार, गुम्बा सरसफाइ गर्ने, ध्वजापताका फैलाउने, फहराउने गरिन्थ्यो । अब आज त्यो हराउँदै जान थालिसकेका छन् । घरमा पनि लिपपोत गर्दा कसैले रातो माटो ल्याएर, कसैले कमेरो ल्याएर लिपपोत गर्ने चलन थियो । अब त्यो हिजोको वास्तुशैलीअनुसारको घरका लागि चाहिँ ती उपयुक्त थिए । अब अहिले नयाँ किसिमको आधुनिक वास्तुशैलीमा गइसक्यौँ । अब कमेरो, चुन अथवा रातो माटो त प्रयोग नहुने भए । विकल्पमा अरू रङ्गहरू आउन थाले । कतिपय कुराहरूमा परिवर्तन आएको छ । अब त्यो परिवर्तनलाई समयअनुसार यसरी नै परिवर्तन हुँदै जान्छ भनेर स्वीकार्नु परेको छ । कमेरो लाउँछौँ भनेर अहिलेको आधुनिक घरमा लगाएपछि त काम लाग्दैन । यसैले कतिपय कुराहरूमा परिवर्तन पनि आउँदै गइरहेका छन् । दसैँ संस्कृतिभित्र नै विभिन्न स्वरूपले मनाउँदा कसैले बलि दिने, कसैले बलि नदिने त्यो खालको परम्परा छ, अब यो बलि संस्कृति पहिलेदेखि चल्दै आएको हो अथवा पछि गएर यसको सुरुआत भएको हो ?समाजमा विभिन्न किसिमका मान्छे हुन्छन् । मान्छेमा आ–आफ्नो किसिमको बुद्धिको तह हुन्छ । ज्ञानको तह हुन्छ, दर्शनको तह हुन्छ । यसअघि मैल भनि पनि सकेँ सात्विक, राजसी र तामसी पूजापद्धति छ । सात्विकतालाई अपनाउनेहरू कसैले पनि पशुपक्षीको बलि दिँदैनन् । बलि भनेको उपहार हो । उपहार भनेको के को दिन्छन्, भन्दा उनीहरू आफँैभित्रको अज्ञानताको, अन्धकारको र अवगुणहरूको बलि देवी दुर्गा भवानी अथवा आफूले जसलाई आराधना गर्छन्, चाहे भगवान् शिव, चाहे विष्णु, चाहे राम, चाहे कृष्ण, चाहे बुद्ध, कसलाई आराध्य मान्ने हो, त्यो हटाइदिनका लागि भगवान्सँग प्रार्थना गर्छन्, साधना गर्छन्, पूजाआराधना गर्छन् । अर्को राजसी र तामसी पूजा विधि छ । राजसी र तामसीमा तन्त्रको प्रधानता पनि पाइन्छ । तन्त्रप्रधानताको कारणले गर्दा पशुबलि यसमा छिरेको छ । नेपालको इतिहासलाई हेर्ने हो भने हाम्रो इतिहासको एउटा प्रामाणिक इतिहास लिच्छविकालबाट सुरु हुन्छ । किंवदन्तीमा, वंशावलीमा, त्यसभन्दा अगाडिदेखि किराँत, महिषपाल, गोपालवंशीलगायतको पनि पाइन्छ । प्रमाण नभएको हुनाले त्यतिखेरका कतिपय कुराहरू अहिले हामीले किंवदन्ती र लोकोक्तिको भरमा नै बुझ्नपर्ने अवस्था छ । पशुपबलिको जुन चलन मल्लकालतिर प्रवेश भयो । हरिसिंह, जो कर्नाटकवंशी थिए, उनी भक्तपुरमा आएपछि सुरु भएको हो । राजाका रुपमा हरिसिंह भक्तपुरमा आएपछि तुलजाको प्रवेश भयो । तुलजाको प्रवेश भएपछि नेपाली इतिहासको मूर्तिकलाको क्षेत्रमा हेर्ने हो भने जति पनि देवीको, मातृकाको, दुर्गाभवानीहरूको मुर्ति देख्छौँ, त्यो धेरैजसो मल्लकालकै छन् । त्यो पनि हरिसिंह यता आइसकेपछि १३औँ, १४औँ शताब्दीदेखि बनेको पाइन्छ । भगवती वा अष्टमातृकाको कुरा गरौँ, चाहे यता पलाञ्चोक भगवतीको कुरा गरौँ, सबै देवदेवीहरू जति पनि छन्, मल्लकालमा, मैथिली प्रभाव परेको देखिन्छ । नेपाली कलामा पाल, मैथिल प्रभाव प्रभाव परिसकेपछि देवीहरूको प्रधानता भयो । देवीहरूको प्रधानताको कारणले गर्दा पशुपबलिले प्रवेश पायो । त्यसअघि नेपालमा बलि दिने चलन थिएन । मूर्तिकला अध्ययन ग¥यौँ भने पनि त्यही नै देख्न सक्छौँ । त्यसपछि नेवार समुदायमा यसको अत्यधिक प्रचारप्रसार भयो । खासगरी पालहरूको प्रवेशले गर्दा बङ्गालमा चलिरहेको मातृशक्तिप्रतिको धारणा, दर्शन थियो, त्यसले यहाँ पनि प्रवेश पायो । पण्डितहरू आए, ग्रन्थ आयो, पूजापद्धति आए । त्यस्तैगरी यता मैथिलहरूको कर्णाटकबाट प्रवेश भयो । यसरी दुई धारबाट नेवारी संस्कृतिमा जोडियो । त्यसमा आफ्नैपन आयो, नेपालीकरण भयो । त्यसभन्दा अगाडिको जुन प्रभाव छ, त्यसमा पाल र मैथिलहरूको प्रभाव देखिन्छ । पशुपबलि सुरु भई तन्त्र प्रधान भयो । पशुबलिलाई हाम्रै धर्म हो, यो बाहेक अर्को छैन भन्ने जस्तो स्थिति आयो । अहिले त मानिसहरूमा चेतना आएर, पशुबलि त कसरी धर्म हुन सक्छ भन्ने चर्चा–परिचर्चा, विचारविर्मश हुन थालेको छ । विगत केही वर्षदेखि देवीका मठमन्दिरमा गएर हेर्ने हो भने पशुबलिमा निकै कमी भएको पाइन्छ । पशुको सट्टा नरिवलको बलि दिऊँ, कुभिण्डोको बलि दिऊँ वा घेराउलाको बलि दिऊँ भन्नेहरू पनि त्यत्तिकै देखिन्छ । पहिला–पहिला इष्टदेवी, कुलदेवी, कुलदेवीमा पनि पशुबलि दिने व्यापक चलन थियो । अब त्यो पनि बिस्तारै हटाउँदै, पशुबलि नदिने, बरु अरू नै बलि, सात्विक बलि दिने भन्ने क्रम पनि चल्दै गइरहेको छ । यसले गर्दा समाजमा परिवर्तन आउँदै गरेको आभाष हुन्छ । इतिहासलाई हेर्ने हो भने नेपालमा कुनै बेला सतीप्रथा थियो । सतीप्रथालाई कुनै बेला यो धर्मको अभिन्न अङ्ग हो भन्यौँ । बिस्तारै सुधारवादी नेताहरू आए, सुधारवादी अग्रजहरू आए, सुधारवादी आचार्य, सुधारवादी गुरुजनहरूको कारणले गर्दा त्यसलाई बुझाउन सक्ने व्यक्तित्वहरूले त्यतिखेरका राजसत्तामा भएका मानिसहरूलाई बुझाउँदा त्यो इतिहासको कालखण्डमा अतीत बनेर गयो । यस्तै कतिपय कुराहरू जसलाई अहिले हामी संस्कृति भनिरहेका हुन्छौँ, त्यो संस्कृति पनि बिस्तारै परिवर्तन हुँदै, संशोधन हुँदै, परिमार्जन हुँदै जान्छ । यदि संशोधन परिमार्जन भएन भने फेरि त्यो एउटा पोखरीको पानी जस्तो हुन्छ । कतै पनि जान पाएन भने गन्हाउन थाल्छ । संस्कृति भनेको झरना जस्तो हुनुपर्छ । झरनाको पानी जसरी कलकलाउँदो गरी छङछङ–छङछङ गरी बगेर नदीमा जान्छ । त्यसभित्रका विकृतिहरू बिस्तारै समयअनुसार आफैँ पाखा लाग्दै, पन्छिँदै हट्दै जान्छ । अनि मानिसमा एउटा चेतना र जागरण पनि बढ्दै जान्छ । त्यो चेतना र जागरण बढ्दै गइसकेपछि कतिपय कुराहरू समयसापेक्ष रुपमा बदलिँदै जान्छन् । संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो । कसैलाई दुःख दिने, कसैलाई पीरलो गर्ने, कसैलाई आँसु आउने काम भयो भने त्यो संस्कृतिभित्र पर्दैन । बिस्तारै नबुझेकोलाई पनि बुझाउँदै जानुपर्छ र साथसाथै त्यसलाई व्यावहारिक रूपमा अवलम्बन गर्दै गयो भने कतिपय संस्कृतिभित्र रहेका विकृतिहरू स्वतः हट्दै जान्छन् । दसैँ, तिहार, छठलगायत हाम्रो महत्वपूर्ण धर्म–संस्कृतिको उजागर एवं संरक्षण गर्दै समयसापेक्ष एवं व्यावहारिक पक्षलाई पनि आत्मसात् गरी नेपाल र नेपालीको गौरवलाई अझ उच्च पार्नको लागि हाम्रा चाडपर्व सावित हुनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला
ताजा खबरJust now

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

राँझा – बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले खसीबोका बिक्री गरेर दसैँ खर्चको व्यवस्था गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाले यस वर्ष ६०० खसी–बोका बिक्री गरेको संस्थाकी अध्यक्ष गङ्गा शाहले जानकारी दिइन् । ‘महिला दिदीबहिनीले हुर्काएका खसी–बोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण […] ...

काठमाण्डुपाटी
नेपालले ओडीआई मान्यता जोगाउन सफल भएको भन्दै सन्दीप लामिछानेले साटे खुसी
ताजा खबरJust now

नेपालले ओडीआई मान्यता जोगाउन सफल भएको भन्दै सन्दीप लामिछानेले साटे खुसी

काठमाडौँ । नेपाली क्रिकेट टोलीका एकदिवसीय कप्तान सन्दीप लामिछानेले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध जित हासिल गरेसँगै छैटौँ स्थानमा रहेर नेपालले ओडीआई मान्यता जोगाउन सफल भएको भन्दै खुसी... ...

रातोपाटी
बलिवुड अभिनेता टाइगर श्राफमाथि गोली चलाउने तीन जना पक्राउ
ताजा खबरJust now

बलिवुड अभिनेता टाइगर श्राफमाथि गोली चलाउने तीन जना पक्राउ

काठमाडौं । अभिनेता टाइगर श्राफमाथि गोली चलाएको आरोपमा तीन जनालाई राजस्थानको कोटा रेल्वे स्टेसनबाट पक्राउ गरिएको छ । मुम्बई प्रहरीले उनीहरू हत्या गर्ने योजनासहित आएको दाबी गरेको छ। पक्राउ पर्नेमा हरियाणाका दुई र बिहारका एक जना छन् । उनीहरू जयपुर हुँदै नेपाल भाग्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लरेन्स बिश्नोई समूहसँग जोडिएका अनिल पण्डितले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेका ...

कर्पोरट खबर
गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए
ताजा खबरJust now

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा हमासको सैन्य शाखाका तीन सदस्य मारिएको इजरायली सेनाले जनाएको छ । सेनाका अनुसार, गाजा सहरको तुफाह क्षेत्रमा गरिएको आक्रमणमा हमासको सैन्य शाखाका सदस्य... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play