दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौँ । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ । दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ । विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन् । यसका साथै उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपाली पनि विमानस्थलमा देखिएको छ । चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ । तर केही वर्षदेखि रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा विदेसिने युवाको सङ्ख्या बढ्दो छ । अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवाको भीडले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ । आफ्नै गाउँघर, सहर–बजार अर्थात् स्वदेशमा अध्ययन तथा पेसा–व्यवसाय गर्न छोडेर विदेशतर्फ आकर्षित हुने आमप्रवृत्तिका कारण गाउँघर रित्तो भई खेतबारी बाँझिएको अवस्था छ । यसैबीच, रोजगारीका लागि विदेसिन लागेका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताए । उनले भने, “योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन । आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु ।” शिक्षा, स्वास्थ्यको व्यवस्थासहित परिवारको दैनिकी चलाउने, आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि केही बचत गर्ने उद्देश्यले नेपाली युवा विदेसिने गरेको उनको भनाइ छ । विमानस्थलमै भेटिएका गुल्मीका प्रकाश खत्री स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा आफ्नो भविष्य निर्माणका लागि युवा पुस्ताको विदेश रोजाइ हुने गरेको बताउँछन् । “नेपालमा रोजगारीको अवसर नभएको, भएपनि सेवासुविधा न्यून रहेको र एकाधबाहेक विदेश जानेहरुको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउने भन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ,” उनले भने । यसैगरी, छोरालाई विदेश पठाउन विमानस्थल आउनुभएका कैलालीका ठक्कर कलेल वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न तथा जीवनस्तर उकास्न सहयोग पु¥याए पनि देशभित्रको सक्रिय जनशक्ति यसरी विदेसिँदा मुलुकमा दीर्घकालीन चुनौती उत्पन्न हुनसक्ने बताउँछन् । दक्ष तथा मेहनती युवा विदेश पलायन हुँदा कृषि, उद्योग, निर्माण, पर्यटन र उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उहाँको चिन्ता छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

टी-२० विश्वकपमा चम्किएका शाड्ली लुम्बिनी लायन्समा
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि अमेरिकाका अनुभवी अलराउन्डर शाड्ली भान स्काल्कविकलाई टोलीमा अनुबन्ध गरेको छ। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा अमेरिकाको प्रतिनिधित्व गर्दै उत्कृष्ट बलिङ प्रदर्शन गरेका स्काल्कविकले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र अलराउन्ड क्षमतामार्फत लुम्बिनी लायन्सको टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। टी&... ...

चितवन प्रहरीद्वारा पहिलो पटक निःशुल्क बस सेवा सञ्चालन
चितवन।बडादसैंअन्तर्गत टीकाको दिन आमसर्वसाधारण जनताको हितलाई ध्यानमा राखी चितवन प्रहरीले पहिलो पटक भरतपुर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले टीकाको दिन सहज रुपमा सार्वजनिक सवारीसाधन नपाइने भएकाले नेपाल पुलिस स्कुल, शान्तिपुरका दुई वटा बस प्रयोग गरी ८४० जना यात्रुलाई निःशुल्क बस सेवा दिएको जनाएको छ। दुई वटा बसमध्ये एउटा पुल्चोकदेखि केन्द्रीय बस टर्मिनल हुँदै आँपटारी र पुनःपुल्चोक ...

परम्परागत कक्षाकोठादेखि रूपान्तरणकारी सिकाइसम्म: भारतको राष्ट्रिय शिक्षा नीति) ले कसरी शिक्षालाई पुनर्परिभाषित गर्दैछ ?
भारतको एनईपीले शैक्षिक विकासलाई कसरी पुनः आकार दिइरहेको छ ? ...

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी गर्न विदेश सचिव मिश्री नेपाल आउने
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को प्रस्तावित भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । उच्च स्रोतका अनुसार तिहारअघि नै मिश्रीको नेपाल भ्रमण गराउने तयारी भइरहेको छ । प्रधानमन्त्री शाहले २३ देखि २५ नोभेम्बरसम्म भारत भ्रमण गर्ने निश्चित भएपछि त्यसको तयारीका लागि मिश्री नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री […] ...


