दसैँका लागि गाउँ फर्किनेको लर्को, उपत्यकाबाट ५ लाख ७६ हजारभन्दा बढी बाहिरिए

काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् । अहिले दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष रहेका छन् । दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको बताए । दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यी नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ । दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए । उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । “यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ । हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो”, उनले भने । चाडपर्वका समयमा लामो दूरीको यात्रा गर्ने यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य तथा सवारी चलाउने समयजस्ता विषयमा विशेष ध्यान दिनुपर्ने तथा यात्रु र सवारी चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना कम गर्न सकिने उनको भनाइ छ । दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन् । उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेसँगै राजधानीका सडक, बसपार्क तथा बाहिरी नाकामा चहलपहल बढेको जनाइएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पर्सामा एक महिनामा १११ अपराधका घटना
काठमाडौं।जिल्ला प्रहरी कार्यालय पर्साले असोज महिनामा जिल्लामा भएका आपराधिक गतिविधि, अपराध अनुसन्धान तथा नियन्त्रणको प्रगति विवरण सार्वजनिक भएको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार उक्त महिनामा विभिन्न प्रकृतिका ११ वटा अपराधका घटना दर्ता भए। शान्ति सुरक्षाको हिसाबले निकै चुनौतीपूर्ण मानिने पर्सा जिल्लामा चाडबाड, विशेष गरी बडादशैं लक्षित सुरक्षा योजना लागू गरिएको उक्त महिनामा सामाजिक अपराधका ६१ घटना ...

सुर्खेतमा फोर्स गाडी दुर्घटना, ९ जना घाइते
सुर्खेत। पश्चिम सुर्खेतको पञ्चपुरीमा फारेर फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। कैलालीको लम्किबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी मंगलबार अनियन्त्रित पञ्चपुरी नगरपालिका–३,... ...

तामाकोशी किनारका फाँटमा धान पहेँलपुर, दसैँको समयमा बाली भित्र्याउने चटारोमा किसान
रामेछाप । रामेछापको तामाकोशी नदी किनारका फाँटमा धानबाली पाकेर पहेँलपुर भएको छ । दसैँको समयमा धान पाकेपछि किसानहरू बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन् । नदी किनारका फाँटमा लहलहाएको धानबालीले ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्यसमेत बढाएको छ । तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलाम्मे देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ...

दशैंको महानवमीमा काठमाडौंको मौसम र बाक्लो घरबस्तीको दृश्य (फोटो फिचर)
• बडादशैंको महानवमीका दिन काठमाडौं उपत्यकामा मौसमको दृश्य र घरबस्तीको चहलपहल देखिएको छ। • उपत्यकाका घरबस्ती र प्राकृतिक वातावरणले काठमाडौंको सहरी स्वरूपलाई झल्काउँछ। ...


