Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजनाको प्रतिबद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजनाको प्रतिबद्धता
Photo / Coverage: नेपालन्युज

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिएका छन्। नेपाल प्रिमियर लिगपछि नेपाली खेलकुद क्षेत्रको ध्यान अब राष्ट्रिय खेलकुदतर्फ मोडिएको बताउँदै उनले यसको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत मन्त्री पोखरेलले एनपीएलले सिर्जना गरेको ऊर्जा र उत्साहलाई निरन्तरता दिँदै यस बृहत् प्रतियोगितालाई भव्य बनाउने तयारी भइरहेको उल्लेख गरेका छन्। प्रतियोगिताका मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि सुरु हुनेछन्। औपचारिक उद्घाटन भने मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने कार्यक्रम रहेको छ। मन्त्री पोखरेलले वि.सं. २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्य राखिए पनि हालसम्म ९ वटा मात्र संस्करण सम्पन्न हुनु दुःखद भएको बताएका छन्। विगतमा देखिएको ढिलासुस्ती र अवरोध अब अन्त्य हुने उनको प्रतिबद्धता छ। उनले भने, ‘यही मङ्सिर ८ गतेबाट मुख्य खेलहरू सुरु भई मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा औपचारिक उद्घाटन हुने यस बृहत् प्रतियोगिताको तयारी तीव्र पारिएको छ।’ प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्दै नेपाली खेलकुदको स्तर उकास्न आफू गम्भीर रहेको मन्त्री पोखरेलको भनाइ छ। खेलकुदलाई बलियो संस्कृति र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्न उनले जोड दिएका छन्। साथै, दशौँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक बनाउन सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा सरोकारवालाहरूको साथ र सहकार्यको अपेक्षा गरिएको उनले बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
२५० करोड भारु खर्चेर ‘रेनोभेट’ गरेको दिल्लीको ताज महल : जहाँ बस्दै छन् प्रधानमन्त्री शाह
Latest NewsJust now

२५० करोड भारु खर्चेर ‘रेनोभेट’ गरेको दिल्लीको ताज महल : जहाँ बस्दै छन् प्रधानमन्त्री शाह

भारतको २ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई राखिएको प्रसिद्ध होटल ताज महल विश्वकै चर्चित व्यावसायिक घराना टाटा समूहको हो। टाटा समूहको स्वामित्वमा रहेको इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले ३ वर्ष अगाडि करिब २५० करोड भारतीय रुपैयाँ खर्चेर होटलको पुनर्निर्माण गरेको थियो। ताज मानसिंहका नामले समेत परिचित यो होटल दिल्लीको विलासी आतिथ्य क्षेत्र... ...

नेपालखबर
नयाँ दिल्लीमा प्रधानमन्त्री बालेनसँग भेटघाट सुरु
Latest NewsJust now

नयाँ दिल्लीमा प्रधानमन्त्री बालेनसँग भेटघाट सुरु

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहसँग नयाँ दिल्लीमा भेटघाट सुरु भएको छ । आइतबार साँझ प्रधानमन्त्री शाह र भारतीय नेताहरूबिच भेटघाट सुरु भएको हो । नयाँदिल्लीस्थित होटल ताजमहलमा... ...

रातोपाटी
कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखको क्षति
Latest NewsJust now

कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखको क्षति

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पास्थित सिरक–डसना उद्योगमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आइतबार दिउँसो करिब २ः३० बजे आगलागी भएको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको देखिएको छ। आगलागीबाट उद्योगमा रहेका तीनवटा मेसिन तथा गोदाममा भण्डारण गरिएका सिरक–डसना जलेर क्षति पुगेको उद्योग सञ्चालक चौधरीले जानकारी दिए। उनका अनुसार ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement