Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैंमा सशस्त्रको निःशुल्क बस

दशैंमा सशस्त्रको निःशुल्क बस

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैंमा सशस्त्रको निःशुल्क बस

काठमाडौं। सशस्त्र प्रहरी बलले बडादशैंका अवसरमा काठमाडौं उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ। दशैंको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। निःशुल्क बस सेवा सोमबारदेखि तीन दिनसम्म सञ्चालन हुनेछ। ती बस बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म विभिन्न रुटमा चल्ने छन्। सशस्त्र प्रहरी हेडक्वाटर हल्चोकबाट छुट्ने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ। यसैगरी सशस्त्र प्रहरी हेडक्वार्टरबाटै छुट्ने अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्कलगायत स्थानका यात्रुलाई निःशुल्क सेवा दिनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
ताजा खबरJust now

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र... ...

रातोपाटी
सम्पदाका मौनसेवक : जसले वसन्तपुरका झिँगटीमा आफ्नो जवानी सुम्पे
ताजा खबरJust now

सम्पदाका मौनसेवक : जसले वसन्तपुरका झिँगटीमा आफ्नो जवानी सुम्पे

काठमाडौँ । काठमाडौँको वसन्तपुर दरबार स्क्वायर प्राचीन कला–संस्कृतिको धरोहर हो । यहाँको नौ तले दरबार, विभिन्न कलात्मक मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गर्दछ । नौ तले दरबार नजिकै पुगेर... ...

रातोपाटी
२८ सन्तानकी आमाको रहर
ताजा खबरJust now

२८ सन्तानकी आमाको रहर

पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी बच्छीमाया कठेतको मातृत्व यात्रा ४७ वर्षको उमेरसम्म चल्यो। वर्षैपिच्छे गर्भवती हुने, सन्तान जन्माउने, हुर्काउने र घरधन्दामा जोतिने क्रममै उनका जीवनका अधिकांश वर्ष बिते। घाँस काट्न जाँदा होस् वा दाउरा बोकेर फर्कंदा, उनले सन्तान जन्माइन्। अस्पताल र स्वास्थ्यकर्मीको सहज पहुँच नभएको त्यो समयमा उनको जीवन मातृत्वको सुखभन्दा बढी सङ्घर्षको कथा बन्यो। इलाम नगरपालिका-५, बरबोटेकी ८४ वर्षीया ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play