Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/दशैंमा बजार चलायमान, निजी क्षेत्र अझै ‘पर्ख र हेर’कै अवस्था

दशैंमा बजार चलायमान, निजी क्षेत्र अझै ‘पर्ख र हेर’कै अवस्था

10/18/2026, 8:38:01 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैंमा बजार चलायमान, निजी क्षेत्र अझै ‘पर्ख र हेर’कै अवस्था

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रमैत्री नीतिगत सुधार र लगानीको वातावरण निर्माण हुन नसक्दा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताएका छन् ।

दशैं–तिहारमा बजार चलायमान हुने भए पनि वर्षभरि लगानी विस्तारका लागि सरकारले ठोस सुधार गर्नुपर्ने उनको भनाइ छ ।

महासंघको आगामी अध्यक्षको आकाक्षी समेत रहेका ढकालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा नयाँ सरकार गठनपछि सुशासन, भ्रष्टाचार नियन्त्रण र कानुन संशोधनका विषयमा आशा जागेको बताए ।

यद्यपि, निजी क्षेत्रले अपेक्षा गरेअनुसार सुधारको परिणाम आइनसकेकाले अहिले पर्ख र हेरको अवस्था रहेको उनले उल्लेख गरे ।

‘चाडपर्व वर्षभरिनै हुन्छ । तर दशैं–तिहार भनेको सबैभन्दा बढी व्यापार हुने सिजन हो । वर्षायाम सकिएर हिउँदमा आर्थिक गतिविधि चलायमान हुने अवस्था पनि हो। तर यसवर्ष भोटेकोशीदेखि कालीगण्डकीसम्मका बाढीले धेरै जिल्लामा लिङ्केज पनि टुटेको अवस्था छ । नयाँ सरकारले केही गर्न खोजेको देखिन्छ, तर के हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन,’ उनले भने ।

ढकालका अनुसार कोभिडपछि निजी क्षेत्रले क्रेडिट रिकभरी ऐन, बहुदर कर प्रणालीलगायत विभिन्न नीतिनियम संशोधन गरी लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गर्दै आएको छ । केही सुधार भए पनि निजी क्षेत्रले खोजेको दोस्रो चरणको आर्थिक सुधार भने पूरा हुन नसकेको उनले बताए ।

‘हामीले निजी क्षेत्रमैत्री वातावरण बनाउन सरकारसँग माग गरेका थियौँ । केही सुधार भए, तर दोस्रो चरणको आर्थिक सुधार हुन सकेको छैन । वर्षभरि लगानीको माहोल र विदेशी लगानी (एफडीआई) ल्याउने वातावरण अझै बनिसकेको छैन । नयाँ सरकार आएपछि केही कानुन संशोधन, सुशासन र भ्रष्टाचार निर्मूल गर्ने कुरा आएका छन् । त्यसैले अहिले पर्ख र हेरको अवस्था छ,’ उनले भने ।

उनले आर्थिक गतिविधिलाई प्राथमिकतामा राखेर स्थायी सरकारले काम गर्न सके आर्थिक वृद्धि हुने सम्भावना रहेको बताए । तर बाढीपहिरोबाट भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको अवस्थामा पुनर्निर्माण र आर्थिक गतिविधि विस्तारमा चुनौती थपिएको उनको भनाइ छ ।

ढकालले लगानी बढाउन सरकारी सेवा प्रवाहलाई सरल बनाउनुका साथै कर्मचारीतन्त्रमा रहेको झन्झटिलो कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिए । उद्योग स्थापना, कर प्रशासन तथा स्थानीय तहबाट सेवा लिँदा व्यवसायीले अनावश्यक समस्या भोग्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनले बताए ।

‘नीतिगत कुरामा भन्नुपर्दा डेलिभरीमा ध्यान दिनुपर्छ । ब्यूरोक्रेसीमा समस्या छ । जे काम गर्न खोज्यो, त्यसलाई निरुत्साहित गर्ने, रोक्ने र अनावश्यक समस्या दिने गरिन्छ । सिंगापुरजस्ता देशले आर्थिक नीति खुला गरेका छन् । विदेशी लगानी ल्याउन वा आफ्नै लगानी गर्न लगानीकर्ताले सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने ।

व्यवसायीलाई शंकाको दृष्टिले हेर्ने सरकारी सोचमा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । व्यवसायीले रोजगारी सिर्जना गर्ने, राजस्वमा योगदान पुर्‍याउने र पूँजी निर्माणमार्फत अर्थतन्त्रलाई गति दिने भएकाले उनीहरूलाई सहजीकरण गर्ने नीति सरकारले लिनुपर्ने उनले बताए ।

उनले भूमि, वन, उद्योग तथा कर नीतिमा रहेका जटिलता हटाएर लगानी प्रक्रिया सरल बनाउनुपर्ने बताए । विदेशी लगानी भित्र्याउने र त्यसबाट प्राप्त मुनाफा लैजाने व्यवस्था सहज बनाउनुपर्ने तथा नेपाली पूँजीलाई विदेशमा लगानी गर्नेसम्बन्धी प्रक्रिया पनि सरल बनाउनुपर्ने उनको सुझाव छ ।

उपाध्यायले वि.स. ०४८ पछिको आर्थिक सुधारले जलविद्युत्, शिक्षा, स्वास्थ्य, बैंकिङ, बिमा र उद्योग क्षेत्रमा निजी लगानीका अवसर विस्तार गरेको स्मरण गरे। अब दोस्रो चरणको आर्थिक सुधारमार्फत नयाँ लगानीका क्षेत्र पहिचान गर्नुपर्ने उनको भनाइ छ ।

‘०४८ सालमा एउटा आर्थिक सुधार भएको थियो । त्यसपछि हाइड्रो, स्कुल, अस्पताल, ठूला उद्योग, बैंक र इन्स्योरेन्स खोल्न पाउने नीति आयो, त्यसले अर्थतन्त्र राम्रो भयो । अब निजी क्षेत्रले मागेको दोस्रो चरणको सुधार चाहिएको छ । होटल र स्कूललगायत केही क्षेत्रमा लगानी बढिसकेको छ, अब नयाँ लगानीका क्षेत्र पनि सरकारले खोलिदिनुपर्छ,’ उनले भने ।

उनका अनुसार व्यावसायिक वन खेती, कृषि उत्पादनका करिडोर र सरकारी खाली जग्गालाई भूमि बैंकमार्फत व्यावसायिक खेतीमा उपयोग गर्न सकिने सम्भावना छ ।

जुम्लामा स्याउ, झापामा मकै तथा विभिन्न जिल्लामा धान र गहुँ उत्पादनलाई व्यवस्थित रूपमा विस्तार गरेर ठूला लगानीकर्तालाई कृषिमा आकर्षित गर्न सकिने उनले बताए । त्यसका लागि प्रोत्साहन, अनुदान र स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै, विद्युत् प्रसारण लाइन र सडक निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने उनले बताए । सञ्चालनमा आउन नसकेका सरकारी उद्योगको मूल्याङ्कन गरी निजी क्षेत्रलाई हस्तान्तरण गर्न सकिने उल्लेख गर्दै सरकारले व्यवसाय सञ्चालन गर्नुभन्दा लगानीमैत्री वातावरण बनाउने र निजी क्षेत्रलाई सहजीकरण गर्ने भूमिका निर्वाह गर्नुपर्ने उनको सुझाव छ ।

दशैंको बजारबारे चर्चा गर्दै उपाध्यायले चाडपर्वमा परिवार तथा आफन्तलाई लत्ताकपडा र उपहार दिने, खाद्यान्न किन्ने तथा चाड मनाउन आवश्यक सामग्री जुटाउने परम्पराले बजारलाई चलायमान बनाउने बताए ।

‘दशैंमा काठमाडौंमा बस्ने मानिसहरू घर जान्छन् । आफ्नो संस्कृतिअनुसार सपिङ गरेर आफन्तलाई लुगाकपडा दिने, सामान किन्ने, सँगै बसेर उत्सव मनाउने र खानेकुराको जोहो गर्ने चलन छ । त्यसले बजार चलायमान गराइहाल्छ । अहिले पनि बजार हिजोअस्तिभन्दा चलायमान भएको देखिन्छ,’ उनले भने ।

यद्यपि, यस वर्ष बाढीपहिरोमा ठूलो जनधनको क्षति भएकाले घुमफिर र मनोरञ्जनका गतिविधिमा विगतको तुलनामा उत्साह कम हुनसक्ने उनले बताए । भोटेकोशी क्षेत्रमा भएको मानवीय क्षतिका कारण आफू पनि यसपाली सामान्य रूपमा घरमै बसेर दशैं मनाउने सोचमा रहेको उनले सुनाए ।

तर चाडपर्वका कारण किनमेलको गतिविधि बढिरहेको उनले बताए । हालै इन्द्रचोक क्षेत्रको बजार घुम्दा लत्ताकपडा, सुन तथा अन्य सामानको कारोबारमा चहलपहल देखेको उल्लेख गर्दै उनले दशैँले आन्तरिक आर्थिक गतिविधिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले नयाँ सरकार पाँच वर्ष टिक्ने विश्वास बढेमा नयाँ क्षेत्रमा लगानी नभए पनि सञ्चालनमा रहेका व्यवसायमा थप पूँजी लगाएर व्यवसाय विस्तार गर्ने वातावरण बन्न सक्ने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

सिनेमाघरको कोसेली : ‘लाज शरणम्’देखि ‘मायावी’सम्म, घरमै बसेर हेर्नुहोस् यी ८ फिल्म
OthersJust now

सिनेमाघरको कोसेली : ‘लाज शरणम्’देखि ‘मायावी’सम्म, घरमै बसेर हेर्नुहोस् यी ८ फिल्म

तपाईं दसैं–तिहारको फुर्सदमा फिल्म हेर्नुहुन्छ? त्यो पनि उच्च गुणस्तरमा? त्यसो हो भने ‘सिनेमाघर’ राम्रो विकल्प हुन सक्छ। सिनेमाघरले दसैंको पूर्वसन्ध्यामा ८ वटा नेपाली फिल्म रिलिज गरेको छ। अनि नाम दिएको छ, ‘दसैं–तिहार मुभी मेला’। नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले यस्तो सौगात ल्याएको हो। यसअन्तर्गत दर्शकले विभिन्न नेपाली चलचित्र घरमै बसेर… ...

अनलाइन खबर
आहा ! हिमाल (फोटो फिचर)
OthersJust now

आहा ! हिमाल (फोटो फिचर)

पौवाभञ्ज्याङ पुगेका जीवन राईले टल्किएका हिमाल देखेपछि टिप्पणी गरे, ‘मौसमले दशैंलाई स्वागत गर्‍यो है !' ...

अनलाइन खबर
कर्णालीमा साढे पाँच लाख पर्यटक, पूर्वाधारमा करोडौँ लगानीको प्रतिफलको खोजी
OthersJust now

कर्णालीमा साढे पाँच लाख पर्यटक, पूर्वाधारमा करोडौँ लगानीको प्रतिफलको खोजी

कर्णालीमा पर्यटकीय गन्तव्यको विविधता र सम्भावना भए पनि पर्यटनलाई प्रदेशको अर्थतन्त्रसँग जोड्न पूर्वाधार विकास, सम्पदा संरक्षण र व्यावसायिक व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play