दशैं मनाउन उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौं।बडादशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या पाँच लाख नजिक पुगेको छ। घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ। हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको संख्या घटेको छ। गोंगबुस्थित नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालामा यात्रुको चाप छ। दशैं मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

गाउँदेखि सहरसम्म रौनक
कमेरो र रातोमाटोले सिँगारिएका घर, गाउँमा ठडिएका लिंगे पिङ, घर फर्किनेको लर्को र शक्तिपीठमा भक्तजनको भीड। दसैँले नेपाली जनजीवनलाई उत्सवमय बनाएको छ। दसैँ नेपालीको घरआँगनमा भित्रिसकेको छ। आश्विन शुक्ल पक्षको महाअष्टमीसँगै दसैँको उल्लास गाउँदेखि सहरसम्म फैलिएको छ। घरको सरसफाइ र रङरोगनदेखि पिङ हाल्ने, किनमेल गर्ने र परदेशबाट घर फर्किने चटारोसम्मले दसैँको आगमनलाई थप उत्सवमय बनाएको छ। दसैँमा घर सिँगार्ने परम्परा अझै पनि ...

भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना : ११ यात्रु घाइते, ५ जना गम्भीर
काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र०३-००१ ज ०६७४ नम्बरको गाडी भित्तामा ठोक्किएर नालामा खसेको थियो । ...

थाइल्याण्डको गाँजा नेपालसम्म ओसार्न म्यानमारका भरिया
काठमाडौँ । थाइल्याण्डमा उत्पादन भएको गाँजा म्यानमारका भरिया प्रयोग गरेर हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने र काठमाडौँलाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी हुन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । लागु पदार्थ... ...

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
म्याग्दी । सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो । मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि ...


