दक्षिण क्यारोलिनामा ग्राहमका लागि ट्रम्पको प्रचार

पेन्डलटन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्यारोलिनाको सिनेट निर्वाचनमा रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमको पक्षमा चुनावी प्रचार तीव्र बनाएका छन्। दिवङ्गत सिनेटर लिन्डसे ग्राहमकी बहिनी डार्लिनलाई जिताउन उनले बुधबार चुनावी सभालाई सम्बोधन गरे। परम्परागत रूपमा रिपब्लिकनको पकड रहेको यस राज्यमा डेमोक्रेटिक उम्मेदवार एनी एन्ड्र्युजले चुनौती बढाइरहेका छन्। ट्रम्पले डार्लिनलाई सक्षम उम्मेदवार भन्दै मत मागे र एन्ड्र्युजलाई अतिवादीको संज्ञा दिए। रिपब्लिकनहरूले एन्ड्र्युजले ट्रान्सजेन्डर किशोर–किशोरीका लागि शल्यक्रियालाई समर्थन गरेको आरोप लगाएका छन्। एन्ड्र्युजले भने उक्त आरोप अस्वीकार गर्दै रिपब्लिकन नीतिले अर्थतन्त्र र परिवारको आर्थिक अवस्था कमजोर बनाएको दाबी गरेका छन्। लिन्डसेको गत जुलाईमा मृत्यु भएपछि डार्लिनलाई सिनेटमा नियुक्त गरिएको थियो। तर, राजनीतिक अनुभव कम भएको भन्दै उनको योग्यतामाथि प्रश्न उठेको छ। ताइवानसम्बन्धी अमेरिकी नीतिबारे प्रश्न गर्दा राष्ट्रिय सुरक्षाबारे आफू त्यति जानकार नभएको उनको स्वीकारोक्तिले पनि आलोचना बढाएको थियो। निर्वाचन अभियानमा तीन करोड ४० लाख अमेरिकी डलरभन्दा बढी खर्च भइसकेको छ। एन्ड्र्युजको अभियानले गति लिएपछि रिपब्लिकन समर्थित समूहहरूले ग्राहमको पक्षमा लाखौं डलर खर्च गरेका छन्। यद्यपि, रुसमाथि लगाइएका प्रतिबन्धबाट छुट दिने ट्रम्पको निर्णयलाई लिएर उनी र सिनेटरबीच मतभेद देखिएको छ। दुवै उम्मेदवारले एक मात्र प्रत्यक्ष बहसमा स्वास्थ्य सेवासहित विभिन्न विषयमा मतभेद व्यक्त गर्दै एकअर्काको अनुभव र योग्यतामाथि प्रश्न उठाएका थिए। एन्ड्र्युजले सबैले खर्च धान्न सक्ने दक्षिण क्यारोलिना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने ग्राहमले दाजुको मृत्युपछि जिम्मेवारी निर्वाह गर्नु आफ्नो क्षमता र दृढताको प्रमाण भएको बताएका छन्। सन् २०२० मा लिन्डसे ग्राहमले डेमोक्रेटिक उम्मेदवार जेमी ह्यारिसनलाई १० प्रतिशत अंकको अन्तरले पराजित गरेका थिए। यस पटक एन्ड्र्युजका समर्थकहरूले बढ्दो महँगी र आर्थिक कठिनाइले मतदातामा असन्तुष्टि बढाएको भन्दै डेमोक्रेटहरूले भविष्यमा राज्यमा सफलता हासिल गर्न सक्ने आशा व्यक्त गरेका छन्। –रासस /एपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

श्रीलङ्काली स्टार अलराउन्डर एन्जेलो म्याथ्युजले विराटनगर किंग्सबाट एनपीएल खेल्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका अनुभवी क्रिकेटर तथा पूर्व कप्तान एन्जेलो म्याथ्युजलाई अनुबन्ध गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उत्कृष्ट ब्याटिङ, उपयोगी... ...

गुम्बाको शरणमा भोटेकोशी बाढीपीडित : मन भने अझै टिमुरेकै थातथलोमा
काठमाडौँ । स्वयम्भूको शान्त डाँडामा बिहानैदेखि बौद्ध मन्त्रका गुञ्जन सुनिन्छन् । हावामा फरफराइरहेका लुङ्दार र घिउका बत्तीहरूको मधुरो सुवासबिच मुस्ताङ गुम्बाको आँगनमा छन्- भोटेकोशी बाढीबाट बिस्थापित टिमुरेका स्थानीय । गत भदौ... ...

धरानमा दसैंमा २६ करोड बढीको खसी–बोका कारोबार
सुनसरी।बडादसैंलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यस वर्ष २६ करोड २५ लाख बराबरको खसी–बोका कारोबार भएको छ। कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसी–बोकाको माग बढेपछि गत वर्षको तुलनामा यस वर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए। गत वर्ष २०८२ को दसैंमा कृषिउपज बजारबाट २३ करोड बराबरको खसी–बोका कारोबार भएको ...

दसैँको टीकाकै दिन मोरङका दोर्ण पोल्यान्डमा अस्ताए
युरोपेली मुलुक पोल्यान्डमा दसैँको टीकाको दिन एक नेपालीको मृत्यु भएको छ। मोरङ उर्लाबारी, स्कुलडाँडाका ५० वर्षीय दोर्ण प्रसाद गौतमको बुधबार मृत्यु भएको हो। गौतमको निधन सुतेको अबस्थामा भएको सँगै काम गर्ने उनकी बहिनी ज्वाइँ मोरङ रङ्गेलीका राजेश अधिकारीले पुष्टि गरे। राजेश र दोर्ण रोजगारीको सिलसिलामा एकैदिन सन् २०२३ अक्टोबर २ मा पोल्यान्ड आएका थिए। उनको मृत्... ...


