‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

बाँके। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन्। गाउँका धेरै युवाहरु वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला शेखले आफ्नै गाउँठाउँमा कृषि सेवा व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो प्रमाण पेस गरेका छन्। रु तीन लाख ५० हजार लगानी गरेर थ्रेसर मेसिन खरिद गर्नुभएका उनले धानबालीको मुख्य याममा मात्रै सम्पूर्ण खर्च कटाएर करिब रु एक लाख ५० हजारसम्म खुद मुनाफा कमाउने बताए। उनले थ्रेसर मेसिन सञ्चालन गरेबापत प्रतिघण्टा रु दुई हजार ५०० वा एक क्विन्टल धान बराबर १२ किलो धान सेवा शुल्कबापत लिने गरेका छन्। ‘विशेष गरी धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका कृषकहरूले थ्रेसरको बढी माग गर्नुहुन्छ’, आफ्नो व्यवसायको अनुभव सुनाउँदै शेखले भने, ‘थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धानबाली सजिलै थन्क्याउन सकिन्छ।’ थ्रेसर मेसिनमा पराल दाइँ गर्नुपर्ने वा धान केलाइरहनुपर्ने कुनै झन्झट हुँदैन। काम छिटो, खर्च कम र समयको भारी बचत हुने भएकोले गाउँका सबै किसानले थ्रेसर मेसिन प्रयोग गर्ने गरेको उनले बताए। केहि वर्ष अघिसम्म गाउँकमा सबैजसो किसानले काटेको धान एउटै स्थानमा जम्मा गरेर पालैपालो थ्रेसर चलाउने गरे पनि अहिले प्रत्येक किसानको खेत–खेतमा थ्रेसर मेसिन पु¥याउनु पर्दा इन्धन र समय धेरै खर्च हुने गरेको अमजतको दुखेसो छ। गाउँमा सुरुमा आफुले थ्रेसर मेसिन सञ्चालन गरेपनि अहिले अन्य गाउँबाट समेत किसानले मेसिन मगाउने भएकोले प्रतिष्पर्धा हुने गरेको छ। यतिबेला धान झार्ने सिजनमा बिहान ५ बजेदेखि राती १२ बजेसम्म पनि किसानको खेतमै थ्रेसर पु¥याउने गरेको अमजतले बताए। बाँकेका गाउँगाउँमा आधुनिक कृषि प्रविधिको प्रवेशले परम्परागत खेती प्रणालीलाई एकाएक सहज बनाइदिएको छ। नेपालगञ्ज–१९ सुईया गाउँका अर्का किसान ध्रुवकुमार थापा क्षेत्री विगत एक दशकदेखि जोत्नका लागि ट्याक्टर र धान–गहुँ थन्क्याउन थ्रेसर मेसिन प्रयोग गर्दै आएका छन्। त्यसअघि अर्मपर्म तथा खेताला लगाएर खेती गर्ने उनको अनुभवमा प्रविधिले कामलाई पूर्ण रूपमा बदलिदिएको छ। ‘गाउँमा काम गर्ने खेताला पाउनै मुस्किल छ, पाइहाले पनि दैनिक ६ सयदेखि एक हजारसम्म ज्याला माग्छन’,उनले भने, ‘मजदुरी लगाउँदा समय धेरै लाग्छ। तर थ्रेसर लगाउँदा बिनाझन्झट समयमै धान भित्राउन पाइन्छ। पैसा भएपछि रोप्नदेखि उत्पादन भित्राउनसम्म धेरै सजिलो भएको छ।’
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

जयशंकरलाई वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?
एनडीटीभी वर्ल्ड समिट २०२६ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ सत्रमा वाग्लेले जयशंकरलाई विश्व बहुपक्षीयताबाट क्षेत्रीय तथा साना समूहमा आधारित सहकार्यतर्फ गइरहेको हो भन्दै प्रश्न गरेका थिए। ...

रवि लामिछाने धनगढीमा अवतरण, गड्डाचौकी नाका भएर भारत जाँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धनगढी विमानस्थल अवतरण गरेका छन्। भारत भ्रमणका लागि निस्केका उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै त्यसतर्फ लाग्नेछन्। लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए। धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ आउँदैछन्। सडकमार्ग हुँदै उनी गड्डाचौकी न... ...

माटोको उर्वराशक्तिमा चुनौती, बागमतीमा संकलित ८३ प्रतिशत नमुनामा अम्लीयपन
काठमाडौँ उपत्यकासहित नुवाकोट, धादिङ, मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवरलगायतका व्यावसायिक तरकारी उत्पादन हुने क्षेत्रमा माटोमा अम्लीयपन बढ्दै गएको प्रयोगशालाले जनाएको छ। ...

फ्राइडे रिलिज : आजदेखि प्रदर्शनमा ‘कबड्डी ५’, चुनौतीमा तीन फिल्म
काठमाडौँ । साताको नयाँ चलचित्र रिलिज हुने परम्परा ‘फ्राइडे रिलिज’ अन्तर्गत आज शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको... ...


