तेस्रो संस्करणको एनपीएलमा डीआरएस प्रयोग हुने क्यानको घोषणा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटक एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काले यसअघि एनपीएलमा पहिलोपटक डीआरएस ल्याउने पहल भइरहेको बताएका थिए । दुई कम्पनीसँग प्रविधिको परीक्षण सम्पन्न भइसकेको र अब त्यसको तथ्यपरकता (एक्युरेसी) मूल्यांकनपछि अन्तिम निर्णय गरिने कुरा पारसले उल्लेख गरेका थिए । डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ जसका कारण बलिङ टिमले विकेट प्राप्त गर्न सक्छ भने ब्याटिङ टिमले विकेट फर्काउन सक्छ । क्यानका अनुसार एनपीएलमा एलबीडब्लुको रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङको प्रयोग हुनेछ । त्यस्तै रनआउट र स्टम्पिङको पनि रिभ्यू हुनेछ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
झापा। हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीय लजुमा खातुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई... ...

दसैँका बेला कालीमाटीमा कति छ यी तरकारी तथा फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सदाझैँ आज कात्तिक ३ गतेका लागि पनि तरकारी तथा फलफूलो थोक मूल्य तोकेको छ। प्रमुख तरकारी तथा फलफूलको थोक मूल्य (प्रतिकेजी/वटा) यस्तो छ: गोलभेडा ठुलो (भारतीय): न्यूनतम रू ८० - अधिकतम रू ९० (औसत रू ८५) गोलभेडा सानो (लोकल): न्यूनतम रू ७० - अधिकतम रू ८५ (औसत रू ७७) आलू रातो (मुडे): न्यूनतम रू... ...

झापामा हात्तीको आक्रमणबाट ७० वर्षीया वृद्धाको मृत्यु, एक जना घाइते
झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाईई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए । गम्भीर घाइते उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो । शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ । खातुनसँगै पदयात्रामा रहनुभएका ...

दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
काठमाडौं । दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा ललितपुर र चितवनबाट १७ जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ढुङ्गेसाँघु इमाडोलस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बेलुकी चार जना पक्राउ... ...


