Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिपमा नेपाललाई १३ पदक

तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिपमा नेपाललाई १३ पदक

Share:WhatsAppFacebookX (Twitter)Telegram
तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिपमा नेपाललाई १३ पदक

काठमाडौं । भारतमा आयोजित तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिप २०२६ मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै सात स्वर्ण, चार रजत र दुई कांस्य गरी कुल १३ पदक जित्न सफल भएका छन् । पञ्जावको लुधियानामा सम्पन्न भएको प्रतियोगितामा नेपाली खेलाडीहरूले विभिन्न तौल समूह तथा विधामा प्रतिस्पर्धा गर्दै पदक जितेका हुन् । नेपालका लागि ओमप्रकाश कोलीले ५० केजी तौल समूहमा, सोनी तामाङ महिला ५० केजी तौल समूहमा, प्राञ्जल बोहोरा पुरुष ३० केजी तौल समूहमा, फुर्साङ तामाङ महिला ४२ केजी तौल समूहमा, शीतल कोली महिला ४० केजी तौल समूहमा, सिर्जना बिसी महिला ४६ केजी तौल समूह र प्रयास खत्रीले पुरुष ५८ केजी तौल समूहमा स्वर्ण पदक जित्नुभएको छ । त्यसैगरी तुफान खड्का, उत्सव पुरी, सुभास चौधरी र करण सिर्पालीले रजत पदक प्राप्त गर्नुभयो भने सिद्धार्थ साउद र समीर विकले कांस्य पदक हात पार्नुभयो । प्रतियोगितामा नेपालसहित कजाकस्तान, रसिया, अजरबैजान, ताजकिस्तान, जर्मनी, पाकिस्तान, बंगलादेश, तुर्कमेनिस्तान, अफगानिस्तान, भारत, न्युजिल्याण्ड, किर्गिस्तानलगायतका देशले सहभागिता जनाएको अन्तर्राष्ट्रिय प्रशिक्षक एवं पूर्व नेपाली राष्ट्रिय खेलाडी निकेश श्रेष्ठले जानकारी दिनुभयो । नेपाली टोलीमा पदम ठकुल्ला र विजयकुमार सोनी प्रशिक्षकका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै निश्चल केसी र सुमित सोनीले निर्णायकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । टोली व्यवस्थापकमा आलिक राई हुनुहुन्थ्यो भने टिम लिडर जोन तामाङ रहनुभएको थियो । प्रतियोगितामा प्राप्त यस उपलब्धिले नेपालमा अराशी एमएमए खेलको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुनुअघि नेपाल अराशी एमएमए संघले कम्ब्याट फिटनेसमा एक कार्यक्रम आयोजना गरी नेपाली खेलाडी तथा टोलीका सदस्यहरूलाई बिदाइ गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

प्राधिकरणले भन्यो- शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहनू
ताजा खबरJust now

प्राधिकरणले भन्यो- शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहनू

बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकोे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।  प्राधिकरणले सूचना जारी गर्दै वर्षा, चट्याङ तथा हावाहुरीले पुर्याउन सक्ने असरप्रति उच्च सतर्क रहन पनि आग्रह गरेको छ।  अर्णव चक्रवातको प्रभावले कोस... ...

नेपालखबर
काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा
ताजा खबरJust now

काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा

दाङ । दाङमा अवैध रूपमा चोरी तस्करी गर्न लागेको १६ वटा सालको चिरान काठसहित पाँचवटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठका अनुसार राप्ती... ...

रातोपाटी
चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै
ताजा खबरJust now

चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा जारी १६औँ रनिङ चाँदीकप खुला फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ क्लब र हाम्रो एकता हाम्रो बलबिच प्रतिस्पर्धा हुने भएको छ । मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा राम... ...

रातोपाटी
ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मिर्गौला पीडितलाई सहयोग
ताजा खबरJust now

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मिर्गौला पीडितलाई सहयोग

ताप्लेजुङ । ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मिर्गौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play