तेस्रो दिन पनि दसैंको टीका जारी

काठमाडौं।विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादसीमा पनि टीका र जमरा लगाएर दसैं मनाइँदैछ। नवदुर्गाको प्रसादका रूपमा आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर बडादसैं मनाइएको छ। विजया दशमीमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मान्यजनहरुबाट आशीर्वाद लिने गरिन्छ। गत बुधबार बडादसैंको मुख्य दिन अर्थात् विजयादशमी हो। त्यस दिन टीका थाप्न नभ्याएका तथा अन्यत्र आफन्त एवं मान्यजनकहाँ जानुपर्नेहरुले बिहीबार एकादशी र आज पनि आफन्त तथा मान्यजनकहाँ पुगेर विजयादशमीको टीका थापिरहेका छन्। बडादसैंको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट नवदुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाउने र दसैं मनाउने प्रचलन रहिआएको छ। विजयादशमीको तेस्रो दिन आज सर्वसाधारणको चहलपहल काठमाडौं उपत्यकामा केही बढेको देखिएको छ। दसैंमा सुनसान रहेको काठमाडौं उपत्यकामा आफन्त र मान्यजनकहाँ टीका लगाएर फर्कनेहरुको संख्या बढेसँगै चहलपहल बढेको देखिन्छ। काठमाडौंबाट लामो तथा छोटो दूरीका सवारीसाधन हिजोका तुलनामा आज बढी नै सञ्चालन भएका छन्। यसबाट नागरिकलाई टीका थाप्न जानका लागि पनि सहज भएको छ। बाहिरबाट काठमाडौं भित्रिने सवारीसाधनहरु बढेकाले सडकमा सवारी र सर्वसाधारणको चहलपहल बढेको देखिएको हो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन
नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। पोखराले तेस्रो एनपीएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रा बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौँ विदेशी खेलाडी हुन्। पोखराले यसअघि नै बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ। यस्तै श्र... ...

भारत हिँडेका रविले भने- ‘व्यक्तिगत भ्रमणमा छु, खिचडी नपकाउनुहोला’
रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमण व्यक्तिगत भएकाले राजनीतिसँग नजोड्न आग्रह गरेका छन् । आफू कारागार हुँदा नै कैंची धाम जाने भाकल गरेकाले सोही पूरा गर्न जान लागेको उनले बताए । ...

हिमपातले बेपत्ता चौरीसहित ३०७ पशुको उद्धार
राजन रावतहुम्ला, कात्तिक ६ गते । नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा चरनका लागि छाडिएका बेला हिमपात हुँदा बेपत्ता भएका चौरी गाईसहित तीन सयभन्दा बढी पशुको उद... ...

यस वर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो
काठमाडौं । दसैँका समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ । गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको सङ्ख्या घटेर १०५ पुगेको छ भने दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ । त्यसैगरी, ...


