तेक्वान्दोमा वैभवीले जितिन् दुई रजत पदक

काठमाडौं।तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औं रोयल प्रिन्सेस कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी छिन्। बैङ्ककस्थित माहिडोल विश्वविद्यालयको हातामा रहेको स्पोट्रस हलमा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधा र क्योरुगी विधा दुवैमा दोस्रो हुँदै रजत पदक जितेकी हुन्। उक्त प्रतियोगितामा थाइल्यान्ड, फिलिपिन्स, म्यान्मा, भियतनाम, चीन, भारत, हङकङ, लाओस, कम्बोडिया, टर्की, ब्राजिल, अमेरिका, रसिया, इन्डोनेसिया, सिङ्गापुर, काजकिस्तानलगायत देशका खेलाडीको सहभागिता रहेको थियो। वैभवी असोज दोस्रो सातादेखि बैङ्ककमा रहेर तेक्वान्दोको प्रशिक्षण लिइरहेकी छिन्। वैभवीलाई बैङ्ककस्थित अल स्टार तेक्वान्दो एकेडमीले अनुबन्ध गरेसँगै उनले यसै एकेडेमीबाट उक्त प्रतियोगितामा सहभागिता जनाएकी हुन्। वैभवीलाई हालै मात्र तेक्वान्दो एसोसिएसन अफ थाइल्यान्डले सदस्यता पनि प्रदान गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

इरानद्वारा कुर्द समूहका शिविरमा ड्रोन आक्रमण
तेहरान । इरानको सशस्त्र बलले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका आधार शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । तेहरानस्थित मेहर समाचार एजेन्सीले आइतबार यसबारे जानकारी दिएको... ...

तेस्रो तलाबाट गुट्खा थुक्ने क्रममा करेन्ट लागेर वृद्धको मृत्यु
मध्य प्रदेश (भारत) । भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लामा ११ केभी (११ हजार भोल्ट) उच्च क्षमताको विद्युतीय प्रसारण लाइनको करेन्ट लागेर ६५ वर्षीय एक वृद्धको ज्यान गएको छ । गन्ज बासोदास्थित गायत्री... ...

एसिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने
त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उक्त घोषणा गरेका हुन्। ...

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा करिब डेढ अर्ब (१५० करोड) रुपैयाँ बराबरको आर्थिक कारोबार हुने भएको छ। क्यानका... ...


