Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तीन महिनामा ६ खर्ब ४६ अर्बको आयात, ३४.७१ प्रतिशतले बढ्यो व्यापार घाटा

तीन महिनामा ६ खर्ब ४६ अर्बको आयात, ३४.७१ प्रतिशतले बढ्यो व्यापार घाटा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन महिनामा ६ खर्ब ४६ अर्बको आयात, ३४.७१ प्रतिशतले बढ्यो व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा कुल वैदेशिक व्यापार, आयात र निर्यात दुवैमा वृद्धि भएको छ । यस अवधिमा मुलुकले ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशत बढी हो । गत आव असोजसम्ममा ४ खर्ब ६८ अर्ब ८ करोड हाराहारीमा आयात भएको थियो । यस्तै, मुलुकबाट १ खर्ब १४ अर्ब २८ करोड बढिको निर्यात भएको छ । यो गत आवको ३ महिनाको तुलनामा ५७.०३ प्रतिशत बढी हो । गत वर्षको पहिलो तीन महिनामा ७२ अर्ब ७८ करोड बराबरको वस्तु निर्यात भएको थियो । यसअनुरुप गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड नाघेको भन्सार विभागको बुधबार (कात्तिक ११) सार्वजनिक तथ्यांकमा उल्लेख छ । व्यापार घाटा ३४.७१ प्रतिशतले बढ्यो निर्यातमा उत्साहजनक वृद्धि भए पनि आयातको आकार ठूलो भएकाले कुल व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ हाराहारीमा थियो । यद्यपि, विभागको तथ्यांकअनुसार निर्यातमा आएको सुधारका कारण आयात–निर्यात अनुपात घट्न पुगेको छ । गत वर्ष १ रुपैयाँको निर्यात गर्दा ६.४३ रुपैयाँको आयात हुने गरेकोमा चालु वर्षमा यो अनुपात १२ प्रतिशतले घटेर ५.६६ मा झरेको देखिन्छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा गत वर्षको १३.४६ प्रतिशतबाट ११.५९ प्रतिशतले बढेर १५.०२ प्रतिशत पुगेको छ । आयातको हिस्सा भने गत वर्षको ८६.५४ प्रतिशतबाट १.८० प्रतिशतले घटेर ८४.९८ प्रतिशतमा सीमित भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

राष्ट्रसंघका स्थायी प्रतिनिधि थापा र महासचिव गुटेरेसबीच भेटवार्ता
ताजा खबरJust now

राष्ट्रसंघका स्थायी प्रतिनिधि थापा र महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाण्डु – संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। भेटमा राजदूत थापाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सिद्धान्तनिष्ठ नेतृत्व, बहुपक्षवादप्रतिको दृढ प्रतिबद्धता, र कोही पनि पछि नपरून् भन्ने संकल्पको प्रशंसा गरेका छन्। नेपालमा हालै गएको बाढी र प्राकृतिक विपद्पछि संयुक्त राष्ट्रसंघीय संयन्त्रले पुर्‍याएको सहयोगका लागि […] ...

काठमाण्डुपाटी
समृद्धिमा राजनीतिक नेतृत्व
ताजा खबरJust now

समृद्धिमा राजनीतिक नेतृत्व

प्राविधिक ज्ञान भएका सांसद, कर्मचारी र उद्यमीले उत्पादन, उत्पादकत्व, निर्यात, उद्योग र रोजगारी बढाउन तथा सार्वजनिक लगानीलाई प्रतिफलमुखी बनाउन सक्छन् । उनीहरूले प्रमाणमा आधारित नीति... ...

गोरखापत्र
एनपीएलमा आज : काठमाडौं र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
ताजा खबरJust now

एनपीएलमा आज : काठमाडौं र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बिहीबार दुई खेल हुँदै छन्। आज जनकपुर बोल्टस र काठमाडौँ गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा पहिलो खेल जनकपुर र काठमाडौंबीच दिउँसो साढे १२ बजे सुरु हुनेछ। जारी एनपीएलमा काठमाडौँले पहिलो खेल खेल्न लागेको हो। जनकपुर भने यसअघि कर्णाली याक्ससँग हारेको टोली हो। यसपछि आजै साँझ ५ बजे ...

केन्द्रबिन्दु
तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा
ताजा खबरJust now

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन् । सर्वोच्च अदालतको आदेशले गत साउन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play