तीन महिनामा नेपालको निर्यात ५७ प्रतिशतले बढ्यो

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार घाटा ३४.७१ प्रतिशतले बढेको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको साउनदेखि असोजसम्मको तथ्यांक अनुसार यस अवधिमा व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यो घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ थियो। समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि भई ७ खर्ब ६१ अर्ब ७ करोड ९ लाख रुपैयाँ पुगेको छ। कुल व्यापारमा आयातको हिस्सा ८४.९८ प्रतिशत र निर्यातको हिस्सा १५.०२ प्रतिशत रहेको छ। यस अवधिमा आयात ३८.१८ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने निर्यात ५७.०३ प्रतिशतले वृद्धि भई १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। निर्यातको वृद्धिदर आयातको तुलनामा उच्च देखिए पनि कुल व्यापारमा निर्यातको हिस्सा निकै न्यून छ। आयात र निर्यातको अनुपात ६.४३ बाट घटेर ५.६६ मा आएको छ। तथ्यांक अनुसार यस अवधिमा नेपालले सबैभन्दा धेरै डिजेल ४७ अर्ब ३१ करोड १८ लाख रुपैयाँ बराबरको आयात गरेको छ। त्यसपछि सोयाबिन तेल २९ अर्ब २० करोड ९३ लाख ६९ हजार, पेट्रोल २४ अर्ब ६२ करोड २३ लाख ९२ हजार, खाना पकाउने ग्यास २३ अर्ब १८ करोड ९८ लाख ८५ हजार र फलाम तथा स्टिल १४ अर्ब ४१ करोड ५ लाख ३० हजार रुपैयाँ बराबरको आयात भएको छ। निर्याततर्फ सोयाबिन तेल सबैभन्दा अगाडि छ। तीन महिनामा ५२ अर्ब ६० करोड ९८ लाख रुपैयाँ बराबरको सोयाबिन भारततर्फ निर्यात भएको छ। त्यसैगरी, जुट र त्यसबाट बनेका सामग्री २९ अर्ब ६७ करोड ६६ लाख रुपैयाँ र अलैँची २५ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ बराबरको भारततर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
काठमाडौँ, कात्तिक ११ गते । अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ ।विसं २०७९ वैशाख १६ गते... ...

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
दमौली (तनहुँ), कात्तिक ११ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा मोटरसाइकलको ठक्करबाट आज राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानी... ...

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल
काठमाडौँ । नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा बुधबार छलफल भएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा भएको उक्त छलफलमा विज्ञान, प्रविधि तथा... ...
_ZDk3mYBirE.jpg)
बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र
पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गर्थ्यो । महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन... ...


