तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा

संखुवासभा । नेपाली सेनाको सहयोगमा तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड पुनः सञ्चालनमा आएको छ । भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा पहिरो खसेपछि अवरुद्ध सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो । नेपाल र चीन जोड्ने रणनीतिक महत्त्वको यो सडक गत साउनमा ठूलो चट्टानसहित पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक खुलाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाको आग्रहमा नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्ट र श्री इन्द्रदल गुल्मको सैनिक टोली परिचालन गरिएको थियो । ठूला चट्टानका कारण सामान्य उपकरण प्रयोग गरेर पहिरो हटाउन कठिन भएपछि सेनाले विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाएको थियो। त्यसपछि आयोजनाले पहिरोको गेग्रान र लेदो हटाएर सडक सञ्चालनमा ल्याएको हो । उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाका प्रमुख रामबहादुर गुरुङले भौगोलिक अवस्थाका कारण पहिरो पन्छाउन निकै कठिन भएको बताए। चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ । खाँदबारीबाट करिब १४१ किलोमिटर र किमाथाङ्काबाट करिब २१ किलोमिटर दूरीमा रहेको छुम्सुरमा सडक अवरुद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीयको आवागमन तथा खाद्यान्न ढुवानी प्रभावित हुँदै आएको थियो । सडक पुनः सञ्चालनमा आएसँगै स्थानीयलाई राहत मिल्ने अपेक्षा गरिएको छ । रसुवागढी, तातोपानी र कोरला नाकामा प्राकृतिक विपद् तथा सडक अवरोधका कारण आवागमन प्रभावित भइरहेका बेला किमाथाङ्का सडक खुल्नुले उत्तरी सीमासँगको पारवहन र आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल, भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो जोगबनी–किमाथाङ्का सडक मार्गअन्तर्गत कडा चट्टानयुक्त १०.८ किलोमिटर ट्र्याक नेपाली सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर निर्माण गरेको थियो । गत वैशाखमा हस्तान्तरण गरिएको उक्त सडक सञ्चालनमा आएसँगै संखुवासभासहित धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

फेरि विवादमा आनी छोइङ
बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा आफ्नो स्वर र सामाजिक सेवाका कारण नेपालभित्र मात्र होइन अन्तर्राष्ट्रिय रूपमा पनि परिचित छिन्। ‘फूलको आँखामा फूलै संसार’ जस्ता गीत गाएकी उनले भिक्षुणीहरूको शिक्षाका लागि विद्यालय स्थापना गरेकी छन्। मिर्गौलाका बिरामीको उपचारमा सहयोग गर्ने संस्था सञ्चालन गरेकी छन्। तुइन विस्थापनका लागि सरकारलाई एक करोड रुपैयाँ सहयोगसमेत दिएकी थिइन्। तर उनको सार्वजनिक जीवनसँग आर्थिक विवाद ...

महानवमीमा गोदावरी नौधारामा पूजाआजा गर्ने श्रद्धालुको घुइँचो (फोटो फिचर)
• महानवमीको अवसरमा गोदावरी नौधारामा पूजाआजा गर्न श्रद्धालुको भीड लागेको छ। • आज बिहानदेखि श्रद्धालुहरू पूजाआजा गर्न उपस्थित भएका छन्। ...

किन फस्टाउन सकेन नेपालमा ‘ओटीटी’ प्लेटफर्म ?
काठमाडौँ । एक समय फिल्म हेर्न दर्शकलाई सिनेमा हलमै पुग्नुपर्ने बाध्यता थियो । दुई–तीन घण्टाको फिल्म हेर्न टिकट काट्नेदेखि आउनेजाने गर्दा दर्शकले पाँच घण्टाभन्दा बढी समय खर्चिनुपर्थ्यो । डिजिटल प्रविधिको तीव्र... ...

कोलम्बियाको अवैध सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते
नारिनो । कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार... ...


