Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तीन दिनका लागि खुल्यो तातोपानी नाका

तीन दिनका लागि खुल्यो तातोपानी नाका

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक।दशैंका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ। नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन्। तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति नेपालमा सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको हो। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लाम लागेको सिचाङको न्यालममा ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा रहेका बताए। चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
ताजा खबरJust now

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौं।नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान) का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै देशमा क्रिकेटको संस्थागत विकासमा यसबाट योगदान ...

नेपालन्युज
पाँच गोठमा आगलागी, लाखौं रुपियाँ बरावरको क्षति
ताजा खबरJust now

पाँच गोठमा आगलागी, लाखौं रुपियाँ बरावरको क्षति

जानु पाण्डेकपिलवस्तु, कात्तिक १ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा लामखुट्टे धपाउन गोठमा बालिएको आगोबाट शुक्रवार राति दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा पाँचवटा गोठ जलेर नष्... ...

गोरखापत्र
कलाकारकाे दसैँ: पर्दामा खुसी बाँड्नेहरू आफ्नाे जीवनमा कसरी मनाउँछन् चाड ?
ताजा खबरJust now

कलाकारकाे दसैँ: पर्दामा खुसी बाँड्नेहरू आफ्नाे जीवनमा कसरी मनाउँछन् चाड ?

काठमाडौं । नेपालीहरुको महान चाड बडादसैँ सुरु भएसँगै नेपाली कलाकारहरु पनि आ–आफ्नै शैलीमा चाडपर्व मनाउने तयारीमा जुटेका छन्। कोही जन्मघर फर्किएर परिवारसँग टीका र आशीर्वाद थाप्ने योजनामा छन् भने कोही व्यस्त कार्यतालिकाका कारण आफ्नै टिमसँग दसैँ मनाउँदै छन्। देशमा देखिएका विपद् र विभिन्न परिवारको दुःखलाई मध्यनजर गर्दै केही कलाकारले भने यस वर्षको दसैँ सामान्य रुपमा मनाउने वा नमनाउने सोच ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play