तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा। बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यतिबेला झापाका किसान पाकेको धान भित्र्याउने चटारोमा छन् । तर, मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै प्रशासनले तत्काल धान नकाट्न र काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न विशेष अनुरोध गरेको छ । भारी वर्षाका कारण सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने प्रशासनले जनाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई लामो दूरीको यात्रा नगर्न र वर्षाका समयमा सवारीसाधन नचलाउन आग्रह गरिएको छ । अकस्मात बाढी आउनसक्ने खहरे खोलाका आसपासमा यात्रा नगर्न, खोला किनारमा माछा मार्ने तथा दाउरा सङ्कलन गर्नेजस्ता कार्यबाट टाढा रहन सूचनामा उल्लेख छ । भ्रामक सूचनाको पछि नलागी आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमानलाई मात्र विश्वास गर्न प्रशासनले जोड दिएको छ । चक्रवातबाट सम्भावित क्षति न्युनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिसँग बुधबार आकस्मिक बैठक सम्पन्न गरेको जनाएको छ । ‘चक्रवातका कारण भारी वर्षा हुने पूर्वानुमान आइसकेको हुँदा धनजनको क्षति हुन नदिन हामीले आवश्यक सम्पूर्ण सतर्कता अपनाएका छौँ’, बैठकपछि जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने, ‘स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौँ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

भोटेकोसी करिडोरका सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला
भोटेकोसी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला पारेको नेपाली सेनाले जनाएको छ। शुक्रबार भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको बताए। सुरुङभित्र ख... ...

सुनकोसी मरिणको ठेक्का विवादमा दुई उच्च अधिकारी प्रधानमन्त्री कार्यालयको ‘हिरासत’मा !
काठमाण्डु- राष्ट्रिय गौरवको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियालाई लिएर सरकार र प्रशासनिक वृत्तमा नयाँ विवाद उत्पन्न भएको छ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरी काठमाडौं पठाएको छ। तर पनि उनीहरूलाई प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा नराखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […] ...

ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला’
झापा।हातहातमा ‘स्मार्टफोन’, सामाजिक सञ्जालको ‘भर्चुअल’ दुनियाँ। यसैमा रमाइरहेको आजको पुस्ता तर झापाको मेचीनगर–१० धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा भने फरक दृश्य देखिन्छ। चारैतिर पुस्तकका पंक्तिबीच युवा मोबाइलको स्क्रिनमा होइन, पुस्तकका पानामा नजर दौडाउँदै अध्ययनमा तल्लीन भेटिन्छन्। कोही चार्टर्ड एकाउन्टेन्सी (सिए) को तयारीमा छन्, कोही लोकसेवाको परीक्षाको अध्ययनमा जुटेका छन् त कोही चिकित्सकको लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने लक्ष्यसहित पढिरहेका छन्। तीमध्ये एक हुन्, मेचीनगर–१० ...

ब्राजिलको चुनावलाई ट्रम्पले भने- ‘लज्जास्पद’ र ‘अपमानजनक’
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको चुनावलाई 'लज्जास्पद' र ब्राजिलियन जनताका लागि 'अपमानजनक' भनी टिप्पणी गरेका छन्। वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले चुनावमा पक्ष लिएको थिइनँ, तर जब ब्राजिलमा जे देखेँ, त्यो शब्दमा वर्णन गर्न गाह्रो छ।’ ब्राजिलमा हालै भएको राष्ट्रपति चुनावमा नेता लुइज इनासि... ...


