Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

तीन अर्ब लागतमा ग्लोबल आइएमई बैंकको अत्याधुनिक केन्द्रीय कार्यालय बन्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन अर्ब लागतमा ग्लोबल आइएमई बैंकको अत्याधुनिक केन्द्रीय कार्यालय बन्ने
Photo / Coverage: पर्दाफास

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज धनतेरसको अवसर पारेर भवनको शिलान्यास तथा जग पूजा गरेका हुन्। करिब १ लाख ४५ हजार वर्गफिट बिल्टअप क्षेत्रफलमा निर्माण हुने उक्त भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवनको संरचना निर्माणदेखि इन्टेरियरलगायत सम्पूर्ण कामका लागि करिब ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष ढकालले प्रस्तावित भवन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधन सम्पन्न केन्द्रीय कार्यालयमध्ये एक हुने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँको प्राइम लोकेसनमा निर्माण हुन लागेको भवन भविष्यमा एउटा आइकनिक भवनका रूपमा स्थापित हुने उनको भनाइ छ । उहाँले बैंकका ग्राहक, सेयरधनी, कर्मचारी तथा शुभेच्छुकहरूको साथ र सहयोगका कारण काठमाडौँको प्राइम क्षेत्रमा केन्द्रीय कार्यालय निर्माण गर्ने अवस्थामा पुगेको बताए । आगामी दिनमा पनि नियमनकारी निकाय, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, आम नागरिक तथा ग्राहकबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे । अध्यक्ष ढकालले भने,‘ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालयको आज शिलान्यास भएको छ । सम्भवतः वाणिज्य बैंकहरूको केन्द्रीय कार्यालयमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधन सम्पन्न कार्यालय भवनको आज शिलान्यास भएको छ । करिब १ लाख ४५ हजार स्क्वायर फिटको बिल्टअप एरियामा यो कार्यालय निर्माण हुनेछ । यसको निर्माण कार्य करिब तीन वर्षमा सम्पन्न हुनेछ भने संरचनादेखि इन्टेरियरसम्मका सम्पूर्ण कामका लागि करिब ३ अर्ब रुपैयाँ लागत लाग्नेछ । मलाई लाग्छ, यो कमर्सियल बैंकको पूर्वाधारका हिसाबले एउटा साधन सम्पन्न भवन हुनेछ । काठमाडौँको एकदमै प्राइम एरियामा, उत्तरढोकामा यो भवन अवस्थित छ । यो भवन निर्माण सम्पन्न भएपछि एउटा आइकनिक भवनका रूपमा पनि स्थापित हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । म सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरू, बैंकका सेयरधनी साथीहरू, कर्मचारी साथीहरू र सम्पूर्ण शुभेच्छुकहरूलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । यहाँहरूको माया, साथ र सहयोग तथा बैंकप्रति देखाउनुभएको सद्भावका कारण आज हामीले काठमाडौँको एकदमै प्राइम ठाउँमा केन्द्रीय कार्यालयको शिलान्यास गर्न सकेका छौँ । आगामी दिनमा पनि हाम्रा नियमनकारी निकायहरू, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, आम नागरिक, ग्राहकहरू लगायत सबैबाट बैंकप्रति यस्तै सद्भाव र सहयोग प्राप्त भइरहनेछ भन्ने विश्वास लिएको छु ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मीले करिब ५९ लाख ग्राहकको माया, विश्वास र शुभेच्छाका कारण ग्लोबल आइएमई बैंक ठूलो बैंकका रूपमा स्थापित हुन सफल भएको बताउँदै अब आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने उद्देश्यले भवन निर्माण थालिएको जानकारी दिए। हाल बैंकका केन्द्रीय कार्यालयअन्तर्गतका विभिन्न विभाग एउटै भवनबाट सञ्चालन हुन नसकिरहेको अवस्थामा नयाँ भवन निर्माणपछि सबै विभागलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्न सकिनेछ । रेग्मीका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवन नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकका केन्द्रीय कार्यालयमध्ये अत्याधुनिक बनाइनेछ । नयाँ भवनले बैंकका केन्द्रीय स्तरका विभागहरूको कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ । रेग्मीले भने,‘ग्लोबल आइएमई बैंक करिब ५९ लाख ग्राहकहरूको माया, ममता र शुभेच्छाका कारण यति ठूलो बैंक बनेको छ । बैंकले सेवा प्रदान गर्ने सन्दर्भमा केन्द्रीय कार्यालयका विभिन्न विभागहरूलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्नसक्ने अवस्था थिएन । त्यसैले आज धनतेरसको दिन ग्लोबल आइएमई बैंकको अत्याधुनिक भवनको शिलान्यास तथा जग पूजा सम्पन्न भएको छ । करिब तीन वर्षमा सम्पन्न हुने यो भवनबाट ग्लोबल आइएमई बैंकका सम्पूर्ण केन्द्रीय स्तरका विभागहरूलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्ने गरी हामीले काम गर्नेछौँ । यस पावन अवसरमा सम्पूर्ण ग्राहकहरूले देखाउनुभएको माया, उत्साह र प्रेमका लागि म हार्दिक धन्यवाद दिन चाहन्छु । यो भवनलाई नेपालमा सञ्चालनमा रहेका विभिन्न वाणिज्य बैंकका भवनभन्दा पनि अत्याधुनिक भवनका रूपमा निर्माण गर्नेछौँ । यसमा तपाईँहरू सबैको साथ र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु ।’ बैंकले ग्राहकको विश्वास र सहयोगलाई आफ्नो सफलताको आधारका रूपमा लिँदै आगामी दिनमा पनि आधुनिक पूर्वाधार तथा गुणस्तरीय बैंकिङ सेवा विस्तारमा जोड दिने उनको भनाई छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद् प्रभावित परिवारलाई १५ हजार रुपैयाँ राहत तिहारपछि वितरण गर्ने तयारी
OthersJust now

विपद् प्रभावित परिवारलाई १५ हजार रुपैयाँ राहत तिहारपछि वितरण गर्ने तयारी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा घरभाडा राहत तिहारलगत्तै वितरण गर्ने तयारी गरेको छ । प्राविधिक जटिलता र कार्यालयको बिदाका कारण रोकिएको राहत वितरण तिहारपछिको पहिलो दिनबाटै सुरु गर्ने गरी कार्ययोजना बनाइएको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताएका हुन् । शुक्रबार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय ...

पर्दाफास
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु
OthersJust now

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् । ...

अनलाइन खबर
सर्वोच्चका चार न्यायाधीशको नियुक्तिमाथि वरिष्ठ अधिवक्ताले उठाए प्रश्न
OthersJust now

सर्वोच्चका चार न्यायाधीशको नियुक्तिमाथि वरिष्ठ अधिवक्ताले उठाए प्रश्न

वरिष्ठ अधिवक्ता राजेश काफ्लेले न्याय परिषद्ले गरेको सिफारिस, न्यायाधीशहरूको योग्यता, राजनीतिक पृष्ठभूमि र आचरणमाथि प्रश्न उठाउँदै नियुक्तिसम्बन्धी सम्पूर्ण फाइल झिकाएर अध्ययन गर्न समितिसमक्ष माग गरेका छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play