Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

तिहारमा मिठाई र झिलिमिली बत्तीको व्यापार बढ्यो, बजारमा ग्राहकको भीड

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा मिठाई र झिलिमिली बत्तीको व्यापार बढ्यो, बजारमा ग्राहकको भीड
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २२ । तिहार सुरु भएसँगै बजारमा मिठाई, पूजाका सामग्री र झिलिमिली बत्तीको व्यापार बढेको छ । चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको भीड लागेपछि बजारमा चहलपहल बढेको हो । सुनसरीको धरानस्थित भानुचोक, घण्टाघर, सब्जीमण्डी र पुरानो बजार क्षेत्रमा बिहानदेखि साँझसम्म तिहारका सामग्री किन्ने र बेच्नेको घुइँचो लाग्ने गरेको छ । सडकपेटीमा अस्थायी पसल सञ्चालन गरेका साना व्यापारीसमेत व्यापारमा व्यस्त छन् । धरानका व्यापारी नकुल दासले किसमिस, नरिवल, मिठाई र झिलिमिली बत्ती बिक्री गरेर दैनिक २० देखि ३० हजार रुपैयाँसम्मको कारोबार भइरहेको बताउनुभयो । बिहान र साँझ ग्राहकको चाप बढी हुने उहाँको भनाइ छ । पछिल्लो समय परम्परागत दियोभन्दा आधुनिक झिलिमिली बत्तीको माग बढेको व्यापारीहरू बताउँछन् । तिहारलाई लक्षित गरी केही महिनाअघिदेखि नै बत्तीको व्यवस्था गर्ने गरिएको छ । सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले तिहारले साना व्यापारीलाई आम्दानीको अवसर दिएको बताउनुभयो । उहाँले सडकपेटीमा पसल सञ्चालन गर्दा भीड र आवागमन व्यवस्थापन चुनौती बनेको उल्लेख गर्दै बजारलाई व्यवस्थित र सुरक्षित बनाउन प्रशासनसँग समन्वय भइरहेको जानकारी दिनुभयो । तिहारमा फूलमाला, मिठाई, माटाका पाला र झिलिमिली बत्तीको माग बढेसँगै स्थानीय बजारको आर्थिक गतिविधि पनि चलायमान बनेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
Economy & BusinessJust now

आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ / हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम ...

अर्थडबली
कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?
Economy & BusinessJust now

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा ...

अर्थडबली
सामाजिक सञ्जालको छाडापन नियमन गर्ने बेला भएन र ?
Economy & BusinessJust now

सामाजिक सञ्जालको छाडापन नियमन गर्ने बेला भएन र ?

चिरञ्जीवी नेपाल, अधिवक्ता आजको युग विज्ञान र प्रविधिको युग हो। विज्ञानको चमत्कार, प्रविधिको अभूतपूर्व विकास र भूमण्डलीकरणको प्रक्रियासँगै सम्पूर्ण विश्व एउटै गाउँमा परिणत भएको छ। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम र एक्स (ट्विटर) जस्ता सामाजिक सञ्जाल मानिसको जीवनको अभिन्न अंग बनिसकेका छन्। अझ भनौँ, मानिसमा यसको लत यसरी बसेको छ कि अब यसबिना बाँच्नै नसक्ने परिस्… ...

आर्थिक न्यूज
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
Economy & BusinessJust now

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play