Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

तिहारका लागि पोखरामै ७५ प्रतिशत सयपत्री उत्पादन, २०० रोपनीमा फूल खेती

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारका लागि पोखरामै ७५ प्रतिशत सयपत्री उत्पादन, २०० रोपनीमा फूल खेती
Photo / Coverage: पर्दाफास

स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले तिहार लक्षित फूल खेतीलाई प्राथमिकता दिँदै आएको छ । महानगरपालिकाले विगत तीन वर्षदेखि विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल उत्पादनका लागि किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियाका अनुसार महानगरले फूल खेती विस्तारका लागि किसानलाई सयपत्री फूलको बीउ, मल्चिङ प्लास्टिक, आवश्यक कृषि सामग्री तथा प्राविधिक तालिम उपलब्ध गराउँदै आएको छ । महानगरपालिकाको सहयोग, किसानको मेहनत र विभिन्न सङ्घसंस्थाको सहकार्यका कारण पोखरामा सयपत्री फूल खेती विस्तार हुँदै गएको छ । यसले स्थानीय बजारमा फूलको माग धान्न सहयोग पुर्‍याउनुका साथै किसानका लागि आम्दानीको नयाँ अवसरसमेत सिर्जना गरेको कडरियाले बताए । यस वर्ष पोखरा महानगरपालिकाभित्र करिब २०० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । तिहारमा प्रयोग हुने फूलको मागको करिब ७५ प्रतिशत पोखरामै उत्पादित फूलले धान्ने अनुमान गरिएको कडरियाले जानकारी दिए । तिहारलाई लक्षित गर्दै कृषि महाशाखाले किसानको बारीमै पुगेर फूल खेतीको अवस्था, उत्पादन र बजारमा आपूर्तिको तयारीबारे अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा यस वर्ष तिहार केही ढिलो परेकाले फूल उत्पादन र बजारमा आपूर्ति व्यवस्थापनमा केही चुनौती देखिएको कडरियाको भनाइ छ । तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने र किसानले उचित मूल्य पाउने वातावरण बनाउन महानगरले सहजीकरण गर्दै आएको छ । विगतमा तिहारका लागि बाहिरी जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्था रहे पनि पछिल्ला वर्षमा पोखरामै फूल खेती विस्तार हुन थालेपछि स्थानीय उत्पादनले बजारमा आफ्नो हिस्सा बढाउँदै गएको छ । स्थानीय स्तरमै फूल उत्पादन बढ्दै जाँदा एकातिर किसानको आम्दानी वृद्धि हुने र अर्कोतर्फ बाहिरबाट हुने फूल आयात घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी, १७ बगीको रेलबाट परीक्षण
OthersJust now

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी, १७ बगीको रेलबाट परीक्षण

जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी तिब्र पारिएको छ । यसैक्रममा जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था परीक्षण गर्न १७ बगीको भारतीय रेल चलाइएको हो । नेपाल र भारत दुवै पक्षको पहलमा अघि बढाइएको योजनाअन्तर्गत रेल चलाएर परीक्षण गरिएको नेपाल रेल्वेका प्रवन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनकाअनुसार जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा विस्तार गर्ने उद्देश्यले ...

पर्दाफास
देशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीले गरे तीनवटै सुरक्षा प्रमुखसँग छलफल
OthersJust now

देशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीले गरे तीनवटै सुरक्षा प्रमुखसँग छलफल

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्था र चाडपर्वका बेला अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्। बैठकमा चाडपर्वका बेला […] ...

काठमाण्डुपाटी
कारोबारसँगै घट्यो सेयर बजार, ५६ कम्पनीको मूल्य बढ्यो
OthersJust now

कारोबारसँगै घट्यो सेयर बजार, ५६ कम्पनीको मूल्य बढ्यो

१९ कात्तिक, काठमाडौं । बिहीबार सेयर बजार १२.९५ अंक घटेको छ । यो कमीसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से १.४० अंक बढेको थियो । कारोबार सुरु भएपछि २ मिनेटसम्म बजारले बढ्ने संकेत देखाएपनि त्यसपछि दिनभर बजार रातो अंकमा रह्यो । कारोबार रकम पनि कमी आएको छ । अघिल्लो… ...

अनलाइन खबर
जिम्मेवारी तोकिएको साढे तीन महिना बित्दा पनि कांग्रेस सांसदले बुझाएनन् प्रतिवेदन
OthersJust now

जिम्मेवारी तोकिएको साढे तीन महिना बित्दा पनि कांग्रेस सांसदले बुझाएनन् प्रतिवेदन

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा ३० असारमा बसेको बैठकले प्रत्येक सांसदलाई आफू निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी दिएर सांसदहरूलाई कार्यादेशसहित तोकेको थियो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play