Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान
Photo / Coverage: मकालु खबर

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन् ।

सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताएकी छन् ।

प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाएको थियो ।

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार उक्त घटनामा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो । हसिनाले भने आरोप अस्वीकार गर्दै फैसलाको वैधतामाथि प्रश्न उठाएकी छन् । बङ्गलादेशले पटकपटक सुपुर्दगी मागे पनि भारतले उनलाई हस्तान्तरण गरेको छैन ।

एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत जवाफ दिँदै उनले आफ्नै देशको माटोमा र जनताबीच मर्न चाहेको बताएकी छन् । स्वदेश फर्किएपछि आफू गिरफ्तार, यातना वा हत्याको जोखिममा पर्न सक्ने उनको भनाइ छ ।

हसिना सत्ताच्युत भएपछि मुहम्मद युनुस नेतृत्वको अन्तरिम प्रशासनले १८ महिना शासन गरेको थियो । गत फेब्रुअरीमा भएको निर्वाचनबाट खालिदा जियाका छोरा तारिक रहमान सत्तामा आएका थिए । उक्त निर्वाचनमा हसिनाको अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएको थियो ।

हसिनाले सन् २०२४ को अगस्टयता आफ्नो पार्टीका कम्तीमा २० हजार सदस्य मारिएको तथा हजारौँ पक्राउ, यातना र विस्थापनमा परेको आरोप लगाएकी छन् ।

उनले देशमा सामान्य राजनीतिक तथा लोकतान्त्रिक वातावरण नरहेको दाबी गरेकी छन् । सरकारले भने पक्राउका घटनामा कानुनी आधार रहेको बताउँदै आएको छ ।

विदेशी शक्तिको सहयोग वा अनुमति लिएर मात्र स्वदेश फर्कनुपर्ने अवस्था नरहेको बताउँदै हसिनाले बङ्गलादेशमा कट्टरपन्थी समूहको प्रभाव बढेकोमा चिन्ता व्यक्त गरेकी छन् ।

अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले पनि कट्टरपन्थी समूहको बढ्दो प्रभाव र अल्पसङ्ख्यकमाथिको धम्कीप्रति चिन्ता जनाउँदै आएका छन् । युनुस नेतृत्वको अन्तरिम सरकारले भने यस्ता आरोप अस्वीकार गरेको थियो ।

वर्तमान सरकारले बिग्रँदो कानून तथा व्यवस्थाको अवस्थालाई लिएर आलोचना खेपिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ
Latest NewsJust now

सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन् । प्रधानमन्त्रीले […] ...

लोकपथ
पहिलोपटक गाउँले भूमिकामा अनमोल, बुवाको धेरै फिल्म नखेलेकोमा मानिरहेका छन् पछुतो
Latest NewsJust now

पहिलोपटक गाउँले भूमिकामा अनमोल, बुवाको धेरै फिल्म नखेलेकोमा मानिरहेका छन् पछुतो

अभिनेता अनमोल केसीका लागि फिल्म ‘बाटुलो जून’ धेरै कारणले विशेष बनेको छ। एक त ६/७ वर्षको अन्तरालपछि उनले बुवा भुवन केसीको निर्देशनमा काम गरेका छन्। त्यस्तै, सहरमा हुर्केका अनमोलले पहिलोपटक गाउँले भूमिकामा देखिएका छन्। जसले ‘बाटुलो जून’ मा काम गर्दा आफ्नो फिल्मी करिअरको एक गज्जबको अनुभव लिएको उनले बताए।  लामो समयदेखि अनमोल सह... ...

नेपालखबर
न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने गरी ल्याइएको कानूनमा बारको आपत्ति
Latest NewsJust now

न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने गरी ल्याइएको कानूनमा बारको आपत्ति

काठमाण्डु– नेपाल बार एशोसिएशनले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिने गरी सरकारले कानून बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक–२०८३ माथिको छलफलमा वरिष्ठ अधिवक्ता समेत रहेका मिश्रले जिल्ला न्यायाधीशलाई मेलकिलापकर्ता बनाउन नमिल्ने बताए । उक्त प्रस्ताव नै आपत्तिजनक रहेको उनको भनाइ थियो । न्यायाधीशलाई मेलामिलापकर्ता […] ...

काठमाण्डुपाटी
ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
Latest NewsJust now

ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

सिरहा नगरपालिका–११ भलुवाहीस्थित चोहर्वा–सिरहा सडकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–२२ का अम्रेशकुमार यादव र गोलबजारका श्रीदेव यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेशबहादुर पालले राससलाई जानकारी दिए । चोहर्वाबाट सिरहातर्फ गइरहेको विद्युत् प्राधिकरण मधेस प्रद... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play