Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी, १७ बगीको रेलबाट परीक्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी, १७ बगीको रेलबाट परीक्षण
Photo / Coverage: पर्दाफास

जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी तिब्र पारिएको छ ।

यसैक्रममा जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था परीक्षण गर्न १७ बगीको भारतीय रेल चलाइएको हो । नेपाल र भारत दुवै पक्षको पहलमा अघि बढाइएको योजनाअन्तर्गत रेल चलाएर परीक्षण गरिएको नेपाल रेल्वेका प्रवन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।

उनकाअनुसार जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा विस्तार गर्ने उद्देश्यले परीक्षणको काम अघि बढाइएको हो । रेल सञ्चालनका लागि आवश्यक तयारी तीव्र पारिए पनि परीक्षणको चरण भने अझै पूरा भइसकेको छैन ।

रेल सञ्चालनसँग सम्बन्धित प्राविधिक परीक्षण तथा अन्य प्रक्रिया जारी रहने र ती सबै प्रक्रिया पूरा भएपछि सेवा सञ्चालनको थप प्रक्रिया अघि बढाइने पराजुलीले बताए ।

प्रश्तावित योजनाअनुसार नेपाली भूमिमा जयनगरदेखि जनकपुरधामसम्म नेपाली रेल सञ्चालन हुनेछ । त्यसपछि भारतीय रेलमार्फत भारतका दुईदेखि तीनवटा स्टेशनबाट यात्रु चढाएर अयोध्यासम्म पर्‍याउने योजना रहेको पराजुलीले जानकारी दिए । जनकपुरधाम र अयोध्या दुवै धार्मिक तथा सांस्कृतिक महत्व बोकेका शहर हुन् ।

जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान रामको जन्मभूमिका रूपमा लिने धार्मिक मान्यताका कारण यी दुई सहरबीच रेल सेवा सञ्चालनले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यद्यपि, रेल सेवा सञ्चालनको मिति र नियमित सेवा शुरु हुने समय भने प्राविधिक परीक्षण तथा आवश्यक तयारी पूरा भएपछि मात्रै टुङ्गो लाग्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारका लागि पोखरामै ७५ प्रतिशत सयपत्री उत्पादन, २०० रोपनीमा फूल खेती
OthersJust now

तिहारका लागि पोखरामै ७५ प्रतिशत सयपत्री उत्पादन, २०० रोपनीमा फूल खेती

स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले तिहार लक्षित फूल खेतीलाई प्राथमिकता दिँदै आएको छ । महानगरपालिकाले विगत तीन वर्षदेखि विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल उत्पादनका लागि किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियाका अनुसार महानगरले फूल खेती विस्तारका लागि किसानलाई सयपत्री ...

पर्दाफास
देशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीले गरे तीनवटै सुरक्षा प्रमुखसँग छलफल
OthersJust now

देशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीले गरे तीनवटै सुरक्षा प्रमुखसँग छलफल

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्था र चाडपर्वका बेला अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्। बैठकमा चाडपर्वका बेला […] ...

काठमाण्डुपाटी
कारोबारसँगै घट्यो सेयर बजार, ५६ कम्पनीको मूल्य बढ्यो
OthersJust now

कारोबारसँगै घट्यो सेयर बजार, ५६ कम्पनीको मूल्य बढ्यो

१९ कात्तिक, काठमाडौं । बिहीबार सेयर बजार १२.९५ अंक घटेको छ । यो कमीसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से १.४० अंक बढेको थियो । कारोबार सुरु भएपछि २ मिनेटसम्म बजारले बढ्ने संकेत देखाएपनि त्यसपछि दिनभर बजार रातो अंकमा रह्यो । कारोबार रकम पनि कमी आएको छ । अघिल्लो… ...

अनलाइन खबर
जिम्मेवारी तोकिएको साढे तीन महिना बित्दा पनि कांग्रेस सांसदले बुझाएनन् प्रतिवेदन
OthersJust now

जिम्मेवारी तोकिएको साढे तीन महिना बित्दा पनि कांग्रेस सांसदले बुझाएनन् प्रतिवेदन

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा ३० असारमा बसेको बैठकले प्रत्येक सांसदलाई आफू निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी दिएर सांसदहरूलाई कार्यादेशसहित तोकेको थियो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play